सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका सात पालिकामा २ हजार २ सय ५० जनाको उम्मेदवारी


  •    न्युजभित्तो/१३ बैशाख २०७९, मंगलवार १७:२५ 
  • चितवन, १३ वैशाख । चितवनका सात पालिकामा २ हजार २ सय ५० जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लामा रहेका सात पालिका प्रमुख, उपप्रमुख र ९८ वटा वडामा वडा अध्यक्ष वडा सदस्य गरी सो संख्यामा उम्मेदवारी दर्ता गराएका हुन ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सात पालिका मध्ये ६ पालिका प्रमुखमा ७४ जना, उपप्रमुखमा ४५ जना गाउँपालिका अध्यक्षमा ५ जना, उपाध्यक्षमा २ जनाको उम्मेदवारी परेको हो । कार्यालयका अनुसार ९८ वटा वडाको वडा अध्यक्षका लागि ५ सय १ जनाको उम्मेदवारी परेको हो ।

    यस्तै महिला सदस्यमा ४ सय १४ जना, दलित महिला सदस्यमा ३ सय ५१ जना र खुल्ला सदस्यमा ८ सय ५८ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

    जिल्लामा एक महानगरपालिका, पाँच नगरपालिका र एउटा गाउँपालिका रहेका छन् । सात पालिकामा गरि ३ लाख ९७ हजार ६ सय ८५ मतदाता रहेका छन् । जस मध्ये २ लाख ४ हजार ६ सय ६६ महिला र १ लाख ९३ हजार १८ पुरुष रहेका छन् । अन्य एक जना मतदाता रहेको आयोगले जनाएको छ । जिल्लामा मुख्य रुपमा सत्ता पक्षिय गठवन्धन र नेकपा एमाले सहितको गठवन्धन बिचमा प्रतिश्पर्धा हुने देखिएको छ । भरतपुर महानगरपालिका र माडी नगरपालिकामा एमाले र राप्रपा बिचमा गठवन्धन हुने जनाईएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    • भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.