सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माडीमा एमाले, सत्ता गठबन्धनसँगै केही स्वतन्त्र उमेदवारी दर्ता


  •    न्युजभित्तो/१३ बैशाख २०७९, मंगलवार ११:२४ 
  • माडी,१३ बैशाख।  माडीमा एमाले, सत्ता गठबन्धनका साथै केही स्वतन्त्र उमेदवारहरुले उमेदवारी दर्ता गराएका छन् । माडी नगरपालिकामा एमालेको तर्फबाट मेयरमा ताराकाजी कुमारी महतो र उपमेयरमा रेशमलाल आचार्यले मनोनयन दर्ता गरेका हुन् । त्यसैगरी, सत्ता गठबन्धनका तर्फबाट मेयरमा माओवादीका ऋषिराम काफ्ले र उपमेयरमा कांग्रेसबाट खेम महतोले उमेदवारी दर्ता गराएका छन् ।

    माडीका नगर निर्वाचन अधिकृत चूडामणि शर्मा गौतमले दिएको जानकारीअनुसार एमालेबाट वडा नं–१ को वडाध्यक्षमा टीकाराम सुवेदी, वडा नं–२ मा पार्टीका माडी नगर अध्यक्षसमेत रहेका नारायण अधिकारी, ३ मा मधुराम चौधरी, ४ मा रामेश्वर महतो, ५ मा यमुनाप्रसाद पोखरेल, ६ मा दीपेन्द्रराज पोखरेल, ७ मा विष्णुप्रसाद आचार्य, ८ मा कृष्णराज अधिकारी र ९ मा पुनः शिवहरि सुवेदीले मनोनयन दर्ता गराएका छन् ।

    गठबन्धनभित्र नेकपा (माओवादी केन्द्र)ले नगरप्रमुखसहित माडी वडा नं–२, ४, ५, ७ र ९ मा वडाध्यक्ष लिएको छ । त्यस्तै, नेपाली कांग्रेसले नगर उपप्रमुखसहित वडा नं–१, ३, ६ र ८ मा वडाध्यक्ष पाएको छ । त्यस्तै, माओवादी केन्द्रको भागमा परेको वडा नं–२ को वडाध्यक्षमा डण्डपाणि पौडेल, ४ मा माधव चापागाईं, ५ मा गणेश घताने, ७ मा नीलकण्ठ काफ्ले र ९ मा घनश्याम दवाडीको उमेदवारी रहेको छ ।

    नेपाली कांग्रेसको भागमा परेको वडा नं–१ मा जीवन महतो, ३ मा डिल्लीराम चौधरी, ६ मा यमनाथ सुवेदी (रामु) र ८ मा मुक्तिप्रसाद न्यौपाने वडाध्यक्षको उमेदवार छन् ।

    उता, वडा नं–३ र ७ नेकपा (एकीकृत समाजवादी)लाई दिने गरी छलफल भए पनि अन्तिम समयसम्मै सहमति नभएपछि सो पार्टीले नगरप्रमुख, उपप्रमुखसहित वडा नं–३ मा पुरन महतो र ७ मा चन्द्रा बानियाँलाई एकल उमेदवार खडा गरेको छ ।

    अन्तिम समयसम्म वडाको भागबन्डामा सहमति नभएसँगै नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालले छुट्टाछुट्टै उमेदवारी दर्ता गरेका छन् । एकीकृत समाजवादीबाट नगरप्रमुखमा रामचन्द्र लम्साल र नगर उपप्रमुखमा धनरुपा महतोले उमेदवारी दर्ता गरेका छन् । त्यस्तै, वडा नं–३ मा पुरन महतो र वडा नं–७ मा चन्द्रा बानियाँले वडाध्यक्षमा उमेदवारी दिएका छन्

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    • भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.