सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरका २९ वडामा वडाध्यक्षका पाँच जना मात्रै महिला उम्मेदवार


  •    न्युजभित्तो/१३ बैशाख २०७९, मंगलवार १३:५४ 
  • भरतपुर,१३ बैशाख– भरतपुर महानगरपालिकाका २९ वडाका अध्यक्षमा एक सय ४७ जनाको उम्म्वेदवारी परेको छ ।

    सोमबार राति १० बजेसम्म विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी एक सय ४७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दिएका वडाध्यक्षहरु मध्ये महिलाको संख्या अन्त्यन्तै न्युन पाईएको छ ।

    २९ वडामा एक सय ४७ जनाको उम्मेदवारी पर्दा महिला उम्मेदवार चार जना मात्रै रहेका छन् । ति मध्ये चार राजनीतिक दलका उम्मेदवार हुन् भने अर्की एक स्वतन्त्र उम्मेदवार हुन्

    भरतपुर वडा नम्बर ७, १५, १८ र २७ मा वडाध्यक्षका महिला उम्मेदवार छन् । भरतपुर ७ मा राष्ट्रिय जनमोर्चाबाट ६१ वर्षीया डिलमाया गुरुङले उम्मेदवारी दिएकी छन् ।

    यता भरतपुर ११ को वडाध्यक्षमा ३९ वर्षीया सुमना अधिकारीले स्वतन्त्र उम्मेदवारी दिएकी छन् भने १५ मा नेकपा माओवादी समाजवादीकी ३८ वर्षीया संजा सापकोटाले उम्मेदवारी दरता गराएकी छन् ।

    यस्तै भरतपुर १८ मा ३९ वर्षीया कृष्णाकुमारी थापाले नेशनल मंगोल अर्गनाइजेशनबाट उम्मेदवारी दिएकी छन् भने २७ मा नेकपा एमालेबाट ५० वर्षीया राधादेवी क्षेत्रीले उम्मेदवारी दर्ता गराएकी छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.