सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरका २९ वडाका अध्यक्षमा एक सय ४७ जना उम्मेदवार


  •    न्युजभित्तो/१३ बैशाख २०७९, मंगलवार १२:५८ 
  • चितवन,१३ बैशाख– भरतपुर महानगरपालिकाका २९ वडाका लागि एक सय ४७ जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सोमबार राति १० बजेसम्म विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी एक सय ४७ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

    जसमध्ये राजनीतिक दलबाट एक सय २० तथा २७ जना स्वतन्त्र उम्मेदवारको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले जानकारी दिए । भरतपुर १, ३,९, १०, ११, १२, १३, १५, १८, २०, २२, २५ र २६ मा स्वतन्त्रबाट पनि उम्मेदवारी परेको छ ।

    सबै भन्दा धेरै वडा नम्बर ११ का लागि १२ जनाको उम्मेदवारी परेको छ । उता वडा सदस्यका लागि दुई सय २९, महिला सदस्यका लागि एक सय ३२ र दलित महिला सदस्यका लागि एक सय १२ जनाको उम्मेदवारी परेको छ ।

    कुन वडामा कती जना उम्मेदवार

    वडा १ – ७ जना
    वडा २ – ३ जना
    वडा ३ – ५ जना
    वडा ४ – ५ जना
    वडा ५ – ४ जना
    वडा ६ – ४ जना
    वडा ७ – ४ जना
    वडा ८ – २ जना
    वडा ९ – ८ जना
    वडा १० – ६ जना
    वडा ११ – १२ जना
    वडा १२ – ५ जना
    वडा १३ – ४ जना
    वडा १४ – ४ जना
    वडा १५ – ७ जना
    वडा १६ – ६ जना
    वडा १७ – २ जना
    वडा १८ – ८ जना
    वडा १९ – ६ जना
    वडा २० – ३ जना
    वडा २१ – ३ जना
    वडा २२ – ४ जना
    वडा २३ – ५ जना
    वडा २४ – ४ जना
    वडा २५ – ६ जना
    वडा २६ – १० जना
    वडा २७ – २ जना
    वडा २८ – ४ जना
    वडा २९ – ४ जना

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    • भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.