कालिकाको गैरीबारी र सैपाम क्षेत्रमा एमालेको घरदैलो, जनतासँग सुझाव माग
न्युजभित्तो/१४ बैशाख २०७९, बुधबार १८:२७
कालिका (चितवन), १४ बैशाख । नेकपा एमालेबाट कालिका नगरपालिकामा प्रस्तावित प्रमुख र उपप्रमुखका उम्मेदवारले नगरका विभिन्न क्षेत्रमा घरदैलो कार्यक्रम गरेका छन् । कालिका नगरपालिकाको गैरीबारी र सैपाम क्षेत्रमा एमालेका उम्मेदवारले घरदैलो कार्यक्रम गरेका हुन् ।
कालिका नगरपालिका प्रमुख (मेयर) का उम्मेदवार विनोद रेग्मी र उपप्रमुख (उपमेयर) को उम्मेदवार बिमला लामाको टोलीले सो क्षेत्रमा स्थानीय नागरिकसँग भेटघाट गरेका थिए । शक्तीखोरको गैरीबारी र शिद्धिके सैपाम क्षेत्रमा भएको कार्यक्रममा स्थानीय उम्मेदवार सहित घरदैलो कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा स्थानीयले उम्मेदवारलाई बधाई र शुभकामना दिएका थिए । नगरप्रमुखका उम्मेदवार विनोद रेग्मीले स्थानीय आवश्यकता अनुसार स्थानीयको भावना अनुरुप आफुले काम गर्ने बताउनुभयो । जनताको सेवकको रुपमा आफुले काम गर्ने बताउदै उहाँले हरेक क्षेत्रको समस्या समाधान गर्नका लागि सहयोग गर्ने बताउनुभयो ।
घरदैलो कार्यक्रममा स्थानीयहरुको सुझाव समेत संकलन गरिएको नेकपा एमाले कालिका नगर कमिटीका अध्यक्ष केशब लामाले न्यूजभित्तोलाई जानकारी दिनुभयो ।