सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माडीमा एमाले र राप्रपाबीच कसिलो तालमेल, एमालेका उपमेयर उम्मेदवार आचार्यद्वारा फिर्ता


  •    न्युजभित्तो/१४ बैशाख २०७९, बुधबार १६:४६ 
  • माडी (चितवन, १४ वैशाख । चितवनको माडी नगरपालिकामा एमालेका तर्फबाट उपमेयरमा उम्मेदवारी दर्ता गराउनु भएकाका रेशमलाल आचार्यले उम्मेदवारी फिर्ता लिनु भएको छ । माडी नगरपालिकामा एमाले र राप्रपाबीच चुनावी तालमेल गर्ने सहमति अनुसार आचार्यले उम्मेदवारी फिर्ता लिनु भएको हो । दुबै पार्टीले माडीमा एक कार्यक्रमको आयोजना  गरी तालमेलको सहमति अनुसार आचार्यले उम्मेदवारी फिर्ता लिनु भएको हो ।

    बैशाख १२ गते उम्मेदवारी दर्ताको दिन दुई पार्टी बीच अन्तिम समयमा तालमेल भएकोले आचार्यले एमालेका तर्फबाट उपमेयरमा उम्मेदवारी दिनु भएको थियो । उम्मेदवारी फिर्ता कार्यक्रममा बोल्दै आचार्यले पार्टीको एक असल कार्यकर्ता भएको नाताले तालमेलको भावना अनुसार उम्मेदवारी फिर्ता लिएर पार्टीलाई सहयोग गरेको बताउनुभयो ।

    उहाँले उम्मेदवारी फिर्ता लिएर गठवन्धनका उम्मेदवारलाई जिताउन लागि पर्ने बताउनुभयो । राप्रपाका तर्फबाट उपमेयरमा मदन पौडेलले उम्मेदवारी दिनु भएकोछ । सो कार्यक्रममा बोल्दै उपमेयर उम्मेदवार पौडेलले गठबन्धनका उम्मेदवारलाई जिताउन दृढ भएर लाग्ने बताउनुभयो । राप्रपाले मेयर पदमा उम्मेदवारी नै दिएको थिएन ।

    कार्यक्रममा एमाले क्षेत्र नं. ३ का अध्यक्ष श्याम विष्ट, प्रदेश कमिटी सदस्य सरस्वती विष्ट, एमाले प्रचार विभाग प्रमुख रविकिरण पौडेल, माडी नगर अध्यक्ष नारायण अधिकारी, सचिव श्रीप्रसाद दवाडी, माडी नगरपालिकाको मेयरका उम्मेदवार ताराकुमारी काजी महतो, राप्रपाका जिल्ला प्रवक्ता राजु भण्डारी लगायतको उपस्थिति थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    • भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.