सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणगढ–मुग्लिन सडक खण्डमा ट्रिपर, बस र कार ठोक्किँदा २७ घाईते (घाईतेको नामावली सहित)


  •    न्युजभित्तो/१४ बैशाख २०७९, बुधबार १७:१४ 
  • चितवन, १४ वैशाख । नारायणगढ मुग्लिन सडक खण्डको भतेरी जंगलमा ट्रिपर,बस र कार ठोक्किंदा २७ जना घाईते भएका छन् । भरतपुर महानगरपालिका वडा नं. २९ को भतेरी जंगलमा दुर्घटना भएको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो ३ बजेको समयमा उक्त दुर्घटना भएको हो । नारायणगढबाट मुग्लिन तर्फ गई रहेको ना ७ ख २३०० नम्बरको ट्रिपर, पोखराबाट नारायणगढ तर्फ आई रहेको ग १ ख ९३०३ नम्बरको यात्रुबाहक बस र बिएए ०६८४ नम्बरको कार एकआपसमा ठक्कर खाएका हुन् ।

    दुर्घटनामा परी बस र कारमा सवार २७ जना घाईते भएको प्रहरीले जनाएको छ । घाईतेहरुको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज (नयाँ मेडिकल कलेज) र कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचार भईरहेको प्रहरीले न्यूजभित्तोलाई जनाएको छ ।

    घटनापछि अवरुद्ध सडक प्रहरीले खुलाएको छ । प्रहरी चौकी, जुगेडी, ईलाका प्रहरी कार्यालय मुग्लिन र वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले तीन वटै सवारीलाई क्रेनको सहायताले हटाएर सडक नियमित गरेको हो ।

    दुर्घटनामा परी घाईते हुनेहरु :

    पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भई रहेको घाईतेहरुः
    १ कारमा सवार जि गोरखा भिमसेनथापा गा पा ३ बस्ने बर्ष ४४ को अरुण पाण्डे, सामान्य ।
    २ जि तनहुं घिरिङ गा पा५ बस्ने बर्ष ३१ को मान बहादुर राना, मध्यम ।
    ३ जि।तनहुं घिरिङ गा पा ५ बस्ने बर्ष ४५ को मान बहादुर थापा मगर, सामान्य ।
    ४ जि कास्की पोखरा म न पा २९ बस्ने बर्ष २०को सुमन मगर, सामान्य।
    ५ बसमा सवार जि चितवन भरतपुर म न पा ११ बस्ने बर्ष ५९ को राम बहादुर श्रेष्ठ, मध्यम ।
    ६ बसमा सवार जि चितवन भरतपुर म न पा ९ बस्ने बर्ष ४० को भेषराज भुषाल, सामान्य ।
    ७ कारमा सवार जि तनहुं डुम्रे भन्सार बस्ने बर्ष ३० को राममांया गन्धर्व, सामान्य ।
    ८बसमा सवार जि बारा कलैया बस्ने बर्ष २३ को मुस्ताफा मन्सुरी, सामान्य ।

    नयां मेडिकल कलेज भरतपुरमा उपचार भई रहेको घाईतेहरुः
    १ बसको सहचालक जि नवलपरासी बुलिनटार गा पा बस्ने बर्ष २० को सरोज कुमाल, सामान्य ।
    २ बसमा सवार जि तनहुं ब्यास न पा २ बस्ने बर्ष २७ की निस्ता घले,सामान्य ।
    ३ बसमा सवार ऐ बस्ने निजको छोरी बर्ष ३ की बिनिसा घले, सामान्य ।

    भरतपुर अस्पताल भरतपुरमा उपचार भई रहेको घाईतेहरुः
    १ बसमा सवार जि।तनहुं चन्द्रवती गा पा  ७ बस्ने बर्ष २० को प्रभु परियार, सामान्य ।
    २ जिल्ला उदयपुर बस्ने बर्ष १९ को शोभित सुसौली, सामान्य ।
    ३ जिल्ला उदयपुर बस्ने बर्ष ३६ को प्रकाश बि क, मध्यम ।
    ४ जिल्ला रुपन्देही बुटवल न पा २ बस्ने बर्ष २७ को रबि परियार, मध्यम ।
    ५ जिल्ला रुपन्देही बुटवल न पा २ बस्ने बर्ष ६ की रबिना परियार, सामान्य ।
    ६ जिल्ला मकवानपुर कैलाश गा पा ८ बस्ने बर्ष २४ को बिनोद प्रजा, मध्यम ।
    ७ जिल्ला चितवन भरतपुर म न पा १ बस्ने बर्ष ६२ को निल बहादुर क्षेत्री, मध्यम ।
    ८ जिल्ला काठमाण्डौ नागार्जुन २ बस्ने बर्ष ४४ को कुमार अधिकारी, मध्यम ।
    ९ जिल्ला तनहु म्याग्दे गा पा ६ बस्ने बर्ष २७ की शर्मिला श्रेष्ठ, मध्यम ।
    १० जिल्ला तनहु म्याग्दे गा पा ६ बस्ने बर्ष २० की बिनिसा श्रेष्ठ, मध्यम ।
    ११  जिल्ला स्याङजा बिरुवा गा पा ५ बस्ने बर्ष ३२ की लक्ष्मी वाग्ले, सामान्य ।
    १२ जिल्ला स्याङजा बिरुवा गा पा ५ बस्ने बर्ष ५ को शिव वाग्ले, मध्यम ।
    १३ जिल्ला  स्याङजा बिरुवा गा पा ५ घर भई हाल चितवनको टांडी बस्ने बर्ष ३९ को यम बहादु आले, सामान्य ।
    १४ जिल्ला स्याङजा बिरुवा गा पा ५ घर भई हाल चितवनको टांडी बस्ने बर्ष ५ की आशिका आले, सामान्य ।
    १५ जिल्ला तनहुं भानु न पा १२ बस्ने बर्ष ६० को राजु माझकोटी, सामान्य ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    • भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.