सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा कृषि उपज सूचना तथा उत्पादन रेकर्ड व्यवस्थापन प्रणाली सञ्चालनमा


  •    न्युजभित्तो/१५ बैशाख २०७९, बिहीबार ११:०० 
  • चितवन,१५ बैशाख– चितवनमा कृषि उपज सूचना तथा उत्पादन रेकर्ड व्यवस्थापन प्रणाली सञ्चालनमा आएको छ । आज (बुधवार) महानगर फलफुल तथा तरकारी बजार क्षेत्रपुर, नारायणगढमा भएको एक कार्यक्रमका विच कृषि उपज सूचना तथा उत्पादन रेकर्ड व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याईएको जानाकारी दिएको हो ।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई चितवनले कृषि उपजको उत्पादन र आपूर्ति खरिदमा संलग्न निकायबिच मुल्य, स्थान समयको आधारमा सम्पर्क गराउने उदेश्यले रेकर्ड व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याईएको  हो ।

    यस प्रविधिबाट किसानले आफ्नो उत्पादनको मुल्य प्रस्ताव गरि वेवसाईडमा राख्न सक्ने र किसानको उत्पादन हेरेर व्यापारिले खरिद गर्न सक्ने परियोजनाका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत धनबहादुर थापाले जानकारी दिए ।‘सूचना प्रणाली अगाडी बढेको अवस्थामा हामीले चितवन मार्केट डट पिएमएमपि डट जिओभि डट एपि मार्फत कृषि उपजको अवस्था दैनीक अपडेट गर्ने गरि अगाडी बढेका छौँ,’ उनले भने ‘यसले मुल्यको अवस्था र उत्पादन संगै किसान र व्यापारीबिच सम्पर्क गराएर मुल्य निर्धारण गर्न सहयोग पुग्छ ।’

    भरतपुर महानगर फलफुल तथा तरकारी बजारमा रहेका तरकारी र फलफुलको मुल्य कृषकहरुले सहजै हेर्न मिल्ने व्यवस्था गरिएको परियोजनाका कृषि अधिकृत इन्द्रशर्मा ढुंगानाले जानकारी दिए ।

    ‘वेवसाइडको मुल्यसूचि हेरेर किसान र व्यापारीले आफुलाई चाहिने कृषि उपजको मुल्य र परिमाण तोक्न सक्छन् । त्यहाँ सम्वन्धीत व्यक्तिको फोन नम्बर समेत राखिएको हुन्छ ।’ उनले भने ‘यसले किसान र व्यापारीको सम्पर्कभई सहजै कृषि उपजको बिक्रिमा सहज हुने देखिन्छ ।’ यस वेवसाइडमा चितवन बाहिरका किसान र व्यापारीले समेत आफ्नो विवरण भर्न सक्ने व्यवस्था गरिएको छ ।उनले नेपालमा कृषि उपजको बजारिकरणमा सहज पुर्याउने गरि काम गरेको बताए । उत्पादन नियन्त्रण प्रणालीमा चितवनमा भरतपुर, खैरहनी, माडी र राप्तीका किसानहरु सहभागि भैसकेका छन् । छुटेका किसानहरुलाई पनि समावेश गर्ने योजना रहेको उनले जानकारी दिए ।

    वेवसाइडमा मुल्य सूचि, खरिद र विक्रि कर्ताको सिधै सम्पर्क गर्न सक्ने नाम, नम्बर उल्लेख गरिएको ड्रिम वर्क सोलुसनका कार्यक्रम संयोजक किरण बमनूले जानकारी दिए ।कृषि प्रवद्र्धन बजार विकास प्रालिका अध्यक्ष शालिकग्राम घिमिरेले किसान र व्यवसायीलाई जोड्ने प्रयास भएको भन्दै नियमित सञ्चालन गर्न अनुरोध गरे । यस प्रविधिले किसान र व्यवसायीलाई फाईदा पुग्ने तरकारी जोन सञ्चालन समितिका संयोजक हरि ढकालले बताए । chitwanmarket.pmamp.gov.np मार्फत किसान र व्यवसायीले आफ्नो विवरण राख्न सक्नेछन् ।

    सो कार्यक्रममा भेटनरी अस्पताल तथा बरीष्ठ पशुसेवा अधिकृत शुशिल केसी, कृषि प्रबन्दन बजार बिकास प्रालिका अध्यक्ष सालीग्राम घिमिरे, परियोजनाका कृषि अधिकृत माधव पौडेल, परियोजना केरा जोन संचालक समन्व्य समितिका संयोजक बिष्णु हरी पन्त, धान जोन संचालक समन्व्य समितिका संयोजक तेज प्रसाद बर्तौला, तरकरी जोन संयोजक हरी बहादुर ढकाल, मौरी जोन संचालक समन्व्य समितिका संयोजक राम प्रशाद पौडेल, कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख मिन बहादुर गुरुङ्ग लगाएतको उपस्थिती रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.