सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणगढमा आगलागी, मेयरका उम्मेदवार सुवेदीद्वारा पीडितलाई सान्त्वना


  •    न्युजभित्तो/१५ बैशाख २०७९, बिहीबार ०८:४२ 
  • चितवन, १५ वैशाख । नारायणगढको कमलनगरमा आज बिहान आगलागी भएको छ । आज बिहान १ः३० बजे भएको आगलागीका कारण कमलनगर चोकका ६ वटा पसलमा पूर्णपमा क्षति पुगेको छ ।

    रतपुरका मेयरका उम्मेदवार विजय सुवेदी घटनास्थल पुगेर घटनाका पीडितहरुलाई सान्त्वना दिँदै घटनाका पीडितहरुलाई महानगरपालिकाले सहयोग गर्नुपर्ने बताएका छन् । सुवेदीले पीडित र स्थानीयवासीलाई भेटेर उनीहरुको गुनासो समेत बुझेका थिए । महानगरपालिकामा विद्युत्का तारहरु अव्यवस्थित भएकाले तिनीहरुलाई व्यवस्थित पार्नुपर्ने महानगरपालिकाको दायित्व भएको सुवेदीले बताए ।

                       

    विपद्का घटनाहरु मानिसले नचाहेर पनि हुने उल्लेख गर्दै मेयरका उम्मेदवार सुवेदीले त्यस्तो घटना रोकथाम र नियन्त्रणका लागि महानगरपालिका सचेत र चनाखो हुनुपर्नेमा जोड दिए । महानगरपालिकाले विपद् व्यवस्थापनका लागि पूर्वतयारी गर्नुपर्ने सुवेदीको भनाइ थियो ।

    भरतपुर महानगरपालिका कार्यालयबाट करिब एक किलोमिटरको दूरीमा रहेको घटनास्थलमा बिहान २ः३० बजेपछि मात्रै दमकल पुगेको थियो । ढिलागरी दमकल पुग्नु र पुरानो दमकलले राम्रोसँग पानी हाल्न नसकेपछि आगलागी नियन्त्रणमा ढिलाइ भएको स्थानीयले सुवेदी समक्षसँग गुनासो गरेका थिए । महानगरपालिकाको दमकलले पानी निभाउन पानी फाल्दा आधा पानी भुईँमा पोखिएको भन्दै स्थानीयको गुनासो थियो ।

    भरतपुर महानगरपालिका, नेपाली सेना, खैरहनी नगरपालिका र कावासोती नगरपालिकाको दमकलले बिहान ७ बजे आगलागी नियन्त्रणमा लिएको छ । आगलागीबाट भएको क्षतिको विवरण प्राप्त भइनसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    • भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.