सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

१४ करोड लगानीमा भरतपुर आँखा अस्पतालको सुविधासम्पन्न नयाँ भवन


  •    न्युजभित्तो/३ कार्तिक २०८०, शुक्रबार १२:०० 
  • चितवन, ३ कात्तिक । भरतपुर आँखा अस्पतालले सुविधासम्पन्न नयाँ भवन निर्माण गरेको छ । रु १४ करोड लगानीमा नयाँ सुविधासम्पन्न भवन निर्माण भएको हो । रु २० करोड लागत अनुमान गरिएको भवन रु १४ करोडमा निर्माण सम्पन्न गरिएको अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष एवं भवन निर्माण समितिका संयोजक चिजकुमार मास्केले बताउनुभयो ।

    उहाँले भरतपुर आँखा अस्पतालको रु छ करोड, नेत्रज्योति सङ्घको रु एक करोड र अन्य रकम दाताबाट चन्दा सङ्कलन गरेर भवन निर्माण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला लागत अनुमानमा आधुनिक शल्यक्रिया कक्ष थिएन, पछि थप ग¥यौँ ।” शल्यक्रिया कक्ष निर्माण गर्दा थप रु दुई करोड खर्च भएको उहाँले जानकारी दिनुभयो ।

    नेपाल नेत्रज्योति सङ्घका सभापति एवं अस्पतालका अध्यक्ष जयराम श्रेष्ठका अनुसार तीन तले उक्त भवनमा शल्यक्रिया कक्ष, ओपिडी (बहिरङ्ग विभाग), बाल उपचार कक्ष (पेडियाट्रिक वार्ड) सञ्चालन हुनेछ । अस्पताललाई आवश्यक उपकरण भने हेल्पिङ हेण्ड संस्थाले दिने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हेल्पिङ हेण्डसँग ७२ प्रकारका उपकरण माग गरेका छौँ, ती सामग्री छिट्टै आउँदैछन्”, ती उपकरण ल्याउने ढुवानी भाडा र भन्सार भने आफूहरुले तिर्नुपर्ने उहाँको भनाइ छ ।

    तिहारलगत्तै नयाँ भवनबाट सेवा सुरु हुने उहाँले जानकारी दिनुभयो । नयाँ भवनबाट सेवा सुरु भएसँगै सेवाग्राहीले थप गुणस्तरीय सेवा पाउने उहाँको भनाइ छ । विसं २०४४ चैत १८ गतेबाट अस्पताल सञ्चालनमा आएको हो ।

    मुख्य अस्पताल भरतपुर महानगरपालिका–१० मा छ । यही ठाउँमा भवन निर्माण गरिएको हो । यसका अतिरिक्त भरतपुर ओरालोमा पनि अस्पतालमा सञ्चालनमा छ । यसबाहेक तीन सेकेण्डरी अस्पताल र १३ आँखा उपचार केन्द्र यस अस्पताल मातहत छन् ।

    उहाँका अनुसार अस्पतालमा आएका बिरामी र शिविरमार्फत बिरामीलाई सेवा दिँदै आएको छ । यो अस्पतालले चितवनसहित छिमेकी विभिन्न जिल्लामा सेकेण्डरी अस्पताल, आँखा उपचार केन्द्र र शिविरमार्फत सेवा दिँदै आएको छ । अस्पतालले एक वर्षमा तीन लाख हाराहारीलाई उपचार सेवा दिँदै आएको छ । आँखा उपचारको क्षेत्रमा यो अस्पताल देशमा नै अग्रणी अस्पतालको रुपमा चिनिन्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.