सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नाटा रनिङशिल्ड चितवन सेकेन्डरी स्कुललाई


  •    न्युजभित्तो/८ मंसिर २०८०, शुक्रबार १९:५४ 
  • भरतपुर ८ मङ्सिर । होली भिजन पब्लिक स्कुल नाटा जुनियर ईकाईको आयोजनामा जिल्ला स्तरीय नाटा अन्तर मावि रनिङशिल्ड हाजिरीजवाफ प्रतियोगिता शुक्रबार होली भिजन पब्लिक स्कुल भरतपुर ४ यज्ञपुरीमा सम्पन्न भएको छ ।

    ७० औं राष्ट्रिय क्षयरोग दिवसको अवसरमा आयोजना गरिएको जिल्ला स्तरीय अन्तर मावि नाटा रनिङशिल्ड हाजिरीजवाफ प्रतियोगिताको उद्घाटन गर्दै नेपाल क्षयरोग निवारण संस्था चितवनका अध्यक्ष दामोदर न्यौपानेले क्षयरोग नियन्त्रणका लागि विद्यार्थीहरुलाई नै चेतनशील बनाएर अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याउँदै होली भिजन पब्लिक स्कुलले क्षयरोग निवारण कार्यमा गरेको सहयोगप्रति प्रशंसा व्यक्त गर्नुभयो।

    होली भिजन पब्लिक स्कुलले क्षयरोग निवारणका लागि अगाडि बढाएका हरेक कार्यक्रममा क्षयरोग निवारण संस्थाको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रमुख अतिथि न्यौपानेले हाजिरीजवाफ प्रतियोगिताले विद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्धि गर्दै दक्ष जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने जानकारी दिनुभयो ।

    चितवन जिल्लाका ३२ विद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा चितवन सेकेन्डरी स्कुल भरतपुर प्रथम, इन्टरनेशनल इङ्लिस मोडल स्कुल पर्सा द्वितीय र श्री जनप्रिय पब्लिक स्कुल शारदानगर तृतीय भएका छन् ।

    होली भिजन पब्लिक स्कुल नाटा जुनियर ईकाईका अध्यक्ष रियाज अर्यालको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको उद्घाटन समारोहमा नेपाल क्षयरोग निवारण संस्था चितवनका पुर्व अध्यक्ष लिलाराज खरेल,नेपाल क्षयरोग निवारण संस्था चितवनका उपसभापति ई इश्वरी प्रसाद कंडेल , होली भिजन पब्लिक स्कुल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर दवाडी, विद्यालयका प्राचार्य मीनराज बस्ताकोटी, विद्यालयका सञ्चालक समिति अध्यक्ष नारायण सापकोटा, विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख चन्द्रकुमार श्रेष्ठ, विद्यार्थीहरु पूर्णिमा ढकाल, अपिल खरेललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरेका थिए ।

    यस अघि मंसिर ७ गते होली भिजन पब्लिक स्कुल नाटा जुनियर ईकाईको आयोजनामा जनचेतनामूलक र्यालीसमेत सम्पन्न भएको थियो । विद्यालयबाट शुरु भएको सचेतनामुलक र्यालीले पेन्सनक्याम्प चोक, शमीचोक,डेरीचोक, अद्वैतचोक आनन्दचोक, चोक, यज्ञपुीचोकहुँदै बिद्यालयमा आएर समापन भएको थियो ।

    स्मरण रहोस् होली भिजन पब्लिक स्कुल नाटा जुनियर ईकाईले राष्ट्रिय क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था, चितवन शाखासँग समन्वय गरी २०६० सालदेखि हरेक वर्ष मंसिर महिनामा जिल्लास्तरीय अन्तर मा वि रनिङ शिल्ड हाजिर जवाफ प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.