स्वास्थ्य / शिक्षा
चितवन, ८ माघ । भरतपुर महानगरपालिकाले सञ्चालन गरेको समुदायसँग ‘मेयर स्वास्थ्य कार्यक्रम’बाट नौ हजारबढी नागरिक लाभान्वित भएका छन् । नगरका २९ वडामा सञ्चालित उक्त कार्यक्रमबाट अपाङ्गता भएका, अशक्त तथा ज्येष्ठ नागरिक प्रत्यक्ष लाभान्वित भएका जनाइएको छ । भरतपुर महानगरको स्वास्थ्य...
बागलुङ, ७ माघ । बागलुङमा क्षयरोगीको सङ्ख्यामा वृद्धि भएको छ। बागलुङमा क्षयरोगको सङ्क्रमणलाई शुन्यमा झार्ने लक्ष्य राखेको स्वास्थ्य कार्यालयलाई एउटै पालिकामा एक सय ११ क्षयरोगी भेटिएपछि चुनौती थपिएको छ। स्वास्थ्य कार्यालयले जिल्लाको बडिगाड गाउँपालिकामा सो सङ्ख्यामा क्षयरोगी फेला परेपछि उनीहरुको...
चितवन, १ माघ । चितवन माध्यमिक विद्यालयको ७० औ वार्षिकोत्सव एवं अभिभावक दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा ३१ जनाले रक्तदान गरेका छन् । वार्षिकोत्सवकै अवसरमा अन्तर मावि जिल्लास्तरीय चितवन मावि रनिङ्ग सशल्ड हाजिरीजवाफ प्रतियोगिता भएको...
गोरखा, २९ पुस । उत्तरी गोरखाको विकट धार्चे गाउँपालिकामा गर्भवतीका लागि गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गर्न थालिएको छ । गाउँपालिकाले सुरु गरेको ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमअन्तर्गत पालिकाभित्रका सम्पूर्ण गर्भवतीका लागि भिडियो एक्सरे सेवा उपलब्ध गराउन सुरु गरिएको हो...
चितवन, २६ पुस २६ । अध्ययनका लागि क्यानडा र अमेरिका जान चाहने विद्यार्थीहरुका लागि एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले ‘एक्सपर्ट क्यानडा र युएसए एजुकेशन फेयर–२०२३’ आयोजना गरेको छ । एक्सपर्टको आफ्नै कार्यालय भरतपुर महानगरपालिका वडा नं. १० (भाटभटेनी...
काठमाडौँ, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीर अस्पताल स्वास्थ्य क्षेत्रको आधारस्तम्भ भएकाले उपचारका क्रममा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री दाहालसँग चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स|)का पदाधिकारीसँग आज भएको छलफलमा उहाँले...
काठमाडौं, १८ पुस । कोभिड–१९ को सब भेरियन्ट जेएन। १ को जोखिम बढेको भन्दै सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । कोभिड—१९ को सब भेरियन्ट जेएन।१ संक्रमण दर उच्च हुनुको साथै विश्वव्यापी रुपमा बढ्दो छ । छिमेकी...
चितवन, ९ पुस । उच्च शिक्षाका लागि जापान जाने तयारीमा रहेका विद्यार्थीलाई लक्षित गर्दै सेन्ट्रल कलेजले अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । जापानमा उच्च शिक्षाको अवस्था, त्यहाँका विश्वविद्यालय र भौगोलिक वातावरण, एप्लाई गर्ने तरिका लगायतमा विषयमा अभिमुखिकरण गरिएको हो...
वीरगञ्ज, २७ मंसिर । पर्सामा चिसो बढेसँगै रुघाखोकी, ज्वरो र श्वासप्र्रश्वासका बिरामी बढ्दै गएका छन् । केही दिनयता बढेको चिसो र शीतलहरका कारण सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी ह्वात्तै बढेका हुन् । वीरगञ्जस्थित नारायणी अस्पताल, प्रभु...
चितवन, २५ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकार चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा लागेको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले ऐन संशोधनका विषयमा मन्त्रिपरिषद्मा छलफल भइरहेको बताउनुभयो । चिकित्सा शिक्षा ऐनको विद्यमान व्यवस्थाले नेपालमा स्वास्थ्य...














