सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

“औषधि उद्योगमा प्रोत्साहन र उत्साहित बनाउने माध्यमको रुपमा एक्स्पो”


  •    न्युजभित्तो/१८ फाल्गुन २०८०, शुक्रबार १८:५१ 
  • काठमाडौँ, १६ फागुन । नेपाल फर्मा एक्स्पो–२०२४ मा औषधिबारे जानकारी दिने भएकोले सबैले अवलोकन गर्नुपर्ने बताइएको छ । औषधिसँग सरोकार राख्ने सबैले चितवनको भरतपुरमा यहि फागुन २५ गतेदेखि हुन थालेको फर्मा एक्स्पो अवलोकन गर्नुपर्ने बताएका छन् ।

    नेपाल चिकित्सक संघका अध्यक्ष अनिलविक्रम कार्कीले एक्स्पोमा उत्साहका साथ सहभागी जनाएर सफल बनाउनुपर्नेमा जोड दिए । उनले एक्स्पो स्वदेश औषधि उद्योग र औषधिको प्रवद्र्धन गर्ने अवसर रहेको बताए । “दैनिक देखिरहेका औषधि के कसरी बन्दछन् । ति औषधिका प्रक्रिया के हुन्छन् भन्ने कुराको ज्ञान र सिक्ने जान्ने मौका पनि एक्स्पोमा पाइन्छ” उनले भने, “त्यसैले चिकित्सक, औषधि पसलदेखि सर्वसाधारण सवैले एक्स्पोमा गएर नेपाली औषधिबारे जानकारी लिनुपर्दछ ।”

    उनले औषधि लेख्ने चिकित्सकहरु, औषधि बनाउने र वेच्नेहरु तथा फर्मासिस्टहरुको लागि एक्स्पो अन्तरक्रियाको थलोको रुपमा रहेको बताए । उनले कुनै वेला साधारण सिटामोल र जीवनजल बन्ने नेपालमा अहिले क्यान्सर, थाइराइड, मुटु कलेजो जस्ता विशिष्ट रोगको औषधि बनिरहेको बताए । उनले नयाँ नयाँ औषधिको विकासमा हामी चिकित्सकहरुको ठूलो टेवा रहेको भनाइ राखे ।

    नेपाल फर्मास्युटिकल्स एसोसिएसनका अध्यक्ष ललितमोहन पन्थले एक्स्पो नेपाली औषधि उत्पादन के प्रविधि नेपालमा भित्रिरहेको छ भन्ने कुराको जानकारी दिलाउने बताए । “हामी कस्तो प्रविधि अपनाएर औषधिको गुणस्तर बनाउँछौ । भन्ने कुरा हामीले एक्स्पोबाट सिक्ने छौ,” उनले भने, “त्यसैले सवैले एक्स्पोमा गएर नेपाली औषधिको बारे बुझ्नका लागि अवलोकन गर्न जाऔं ।”

    उनले धेरै नयाँ नयाँ फर्मास्युटिकल कम्पनी पाइपलाइनमा रहेको भन्दै ति नयाँ कम्पनी नयाँ प्रविधिका साथ बजारमा आउनुपर्ने भनाई राखे । सबै फर्मास्युटिकल कम्पनीका लागि प्लेटफर्म बनाएको भन्दै फर्मासिस्टले पनि औषधि बनाउन नयाँ प्रविधि के आएको छ त्यो कुराका जान्न आवश्यक रहेको उनी बताउँछन् । औषधि उद्योगमा मानिसहरुलाई प्रोत्साहन र उत्साहित बनाउने माध्यमको रुपमा एक्स्पो रहेको उनको भनाई रहेको छ ।

    रसायन तथा मेडिकल आपूर्ति सङ्घ नेपाल (केमसान) का अध्यक्ष भक्त हमालले औषधि उत्पादनमा प्रयोग हुने उपकरण र कच्चा पदार्थको वृहत प्रर्दशनीको रुपमा एक्स्पो रहेको बताए । उनले एक्स्पोले मुलुकको औषधि उत्पादनको क्षेत्रमा माइलस्टोनको रुपमा रहेको भन्दै एक्स्पो औषधि उद्योग र व्यवसायीले अवलोकन गर्नुपर्ने बताए । उनले एक्स्पोमा विदेशी कम्पनीले नेपालका औषधि कम्पनीलाई नयाँ नयाँ प्रविधिको बारेमा जानकारी गराउने समेत बताए ।

    नेपाल औषधी उत्पादक संघको आयोजनामा ‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक’ भन्ने मुल नाराका साथ चितवन एक्स्पो सेन्टर भरतपुरमा यहि फागुन २५ देखि २७ गतेसम्म हुने फर्मा एक्स्पो हुँदैछ । एक्स्पोमा करिव ३० हजारले अवलोकन गर्ने बताइएको छ ।

    नेपाली औषधिको प्रवद्र्धन हुन थालेको नेपाल फर्मा एक्स्पोमा १६० वटा स्टल राखिने छ । ती मध्ये नेपालका ३७ वटा, भारतका ९२ स्टल र चीनका एउटा स्टल रहेका छन् । एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.