सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बीमामा आबद्ध अस्पतालले विशेषज्ञ सेवा सञ्चालन गर्नुपर्ने


  •    न्युजभित्तो/५ चैत्र २०८०, सोमबार १५:१३ 
  • काठमाडौँ, ५ चैत । स्वास्थ्य बीमा बोर्डले बीमामा आबद्ध भएका अस्पतालहरुलाई साताको एकदेखि तीन दिनसम्म नियमित बहिरङ्ग विशेषज्ञ सेवा (ओपिडी) सञ्चालन गर्न आग्रह गरेको छ ।

    बोर्डका शाखा अधिकृत यशोदा अर्यालले बीमामा आबद्ध अस्पताललाई परिपत्र जारी गर्दै नियमित ओपिडी सेवा सञ्चालन गर्न अनुरोध गर्नुभएको हो । उहाँका अनुसार एक सय शय्यासम्मको अस्पतालले हप्तामा एक दिन, दुई सय शय्या सम्मको अस्पतालले हप्तामा दुई दिन र तीन सय शय्या वा सो भन्दा माथिका अस्पतालले हप्तामा तीन दिन नजिकको आधारभूत वा प्रादेशिक अस्पतालमा नियमित विशेषज्ञ ओपिडी सेवा दिनुपर्ने छ ।

    साथै सरकारी स्वास्थ्य संस्था (आधारभूत अस्पताल, प्रादेशिक अस्पताल)हरुले आफूलाई अत्यावश्यक परेको वा देखिएको अवस्थामा विशेषज्ञको सहयोग लिनका लागि नजिकको विशिष्टिकृत स्वास्थ्य संस्थासँग समन्वय गर्नुपर्ने बोर्डका शाखा अधिकृत अर्यालले बताउनुभयो । उहाँका अनुसार हाल बोर्डमा करिब चार सय ४० अस्पताल आबद्ध छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.