सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सबै बालबालिकालाई खोप लगाउन उपप्रधानमन्त्री यादवको अनुरोध


  •    न्युजभित्तो/२ चैत्र २०८०, शुक्रबार १५:१७ 
  • काठमाडौँ, २ चैत । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आफ्ना उमेर समूहका सबै बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउन अभिभावकसमक्ष अनुरोध गर्नुभएको छ ।

    आज एक भिडियो सन्देश जारी गर्दै दादुरा–रुबेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै सरकारले सञ्चालन गरेको खोप अभियानमा अभिभावकलाई आफ्ना सबै बालबालिकालाई खोप लगाउन अनुरोध गर्नुभएको हो । उहाँले सन् २०२६ मा दादुरा–रुबेला रोग निवारण गर्ने विश्वसामु प्रतिबद्धता जनाएको हुँदा उक्त खोप अभियान देशव्यापी रुपमा सञ्चालन गर्नु परेको उल्लेख गर्नुभएको छ ।

    उहाँले सन्देशमा गत वर्षको मङ्सिरदेखि तराई, मधेस र काठमाडौँ उपत्यकामा फैलिएको हुँदा ती जिल्ला दादुराका लागि उच्च जोखिम क्षेत्र भनी पहिचान गरिएको उल्लेख गर्नुभएको छ ।

    भारतसँग सीमा जोडिएका दादुरा–रुबेलाको अति सङ्क्रमित २१ तथा काठमाडौँ उपत्यकाका तीन गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका र ५१ जिल्लामा नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप लगाइँदै छ । “दादुरा–रुबेला खोप अभियानमा दिइने यो खोप अतिरिक्त मात्रा हो । त्यसैले पहिलो यो खोप लगाएका वा नलगाएका सबैले यस अवसरमा खोप लगाुउनुपर्दछ”, उहाँले भन्नुभएको छ ।

    उहाँले खोप सेवा विभिन्न खोप केन्द्रबाट प्रदान भइरहेको र खोप केन्द्र सञ्चालन हुने स्थान र मितिबारे स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गरेर खोप लगाउन अनुरोध गर्नुभएको छ । उहाँले जनताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यसप्रकारका कार्यक्रमको आयोजना तर्जुमा, कार्यान्वयन र अनुगमन स्थानीय तहको नेतृत्वदायी भूमिका अत्यन्तै प्रभावकारी हुने बताउनुभयो ।

    उपप्रधामन्त्री यादवले अभियानलाई सफलतापूर्वक सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयका साथै प्रदेश तहमा रहेका सम्बद्ध मन्त्रालय र जिल्ला तथा स्थानीय तह र साझेदार सङ्घसंस्थाहरुसँग अनुरोध गर्नुभएको छ ।

    गत फागुन १३ गतेदेखि दादुरा–रुबेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले पश्चिमरुकुम र जाजरकोटबाहेक ७५ जिल्लामा यही चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गरेको हो । ती जिल्लाका कूल ५७ लाख ४२ हजार नौ सय ९३ बालबालिका खोप लगाउने लक्ष्य राखिएको छ ।

    खोप अभियानमार्फत करिब ८० प्रतिशत बालबालिकाले खोप लगाएका छन् । अहिलेसम्म करिब ४६ लाख ३७ हजार चार सय ६२ जना बालबालिकालाई खोप लगाइएको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो । खोप बिहान १० देखि दिउँसो ४ बजेसम्म लगाइँदै आइएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.