स्वास्थ्य / शिक्षा
काठमाडौँ, ४ कात्तिक । सरकारले ज्वलनपीडितको निःशुल्क उपचार प्रयास प्रारम्भ गरेको छ । गत शुक्रबारको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीले प्रस्तुत गर्नुभएको त्यससम्बन्धी प्रस्तावलाई सकारात्मक रूपमा लिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीका अनुसार मन्त्री प्रदीप पौडेलद्वारा...
काभ्रेपलाञ्चोक, २ कात्तिक । पहिलो स्वस्थ सहरको घोषित धुलिखेलका बासिन्दामा स्वास्थ्य बीमाप्रति आकर्षण बढेको छ । हालसम्म जिल्लाको कुल जनसङ्ख्याको ५० दशमलव ८३ प्रतिशतले स्वास्थ्य बीमा गरेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ । जिल्लामा तीन लाख ६४ हजार ३९ नागरिक...
सिर्जना खत्री काठमाडौँ, २ कात्तिक । मौसम परिवर्तनसँगै विभिन्न सङ्क्रमणजन्य तथा श्वासप्रश्वाससम्बन्धी समस्या देखिने गर्छ । पछिल्लो सयम कान्ति बाल अस्पतालमा विभिन्न स्वास्थ्य समस्या भएर आउने बालबालिकाको सङ्ख्या बढ्दै गएको छ । अस्पतालका सूचना अधिकृत रमेश नर्सिङ केसीले अस्पतालमा डेंगु र...
तिलाचन पाण्डे तम्घास, २९ असोज । गुल्मीदरबार गाउँपालिकाले जिल्लामै पहिलो पटक १५ बेडको अस्पताल निर्माण सम्पन्न भएकाले सञ्चालनमा ल्याउन लागेको छ । गाउँपालिकाले एमबिबिएस चिकित्सकका लागि आवेदन खुलाएको बताउँदै अस्पताल सञ्चालनका गर्न लुम्बिनी प्रदेश सरकार समक्ष आवश्यक उपकरणसमेत माग गरिएकाले...
काठमाडौँ, २३ असोज । नेपालको आँखा उपचार सेवाले अन्तराष्ट्रिय क्षेत्रमा प्रतिष्ठा हाँसिल गरिरहेको छ । पछिल्लो समय भारतीय सीमा क्षेत्रका नागरिक एवं अन्य देशका नागरिक समेत नेपालका आँखा उपचार केन्द्रमा सेवा लिन आउनेक्रममा बृद्धि भइरहेको छ । अर्कोतर्फ नेपालका...
चितवन, २१ असोज । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा महिलाहरुको निःशुल्क क्यान्सर परीक्षण सुरु गरिएको छ । आजदेखि तीन दिनसम्म सञ्चालित क्यान्सर परीक्षण अभियानमा महिलालाई निःशुल्क सेवा दिन लागिएको हो । अस्पतालका निर्देशक प्राडा दयाराम लम्सालका अनुसार अक्टोबर क्यान्सर...
काठमाडौँ, २० असोज । स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध अस्पतालले गलत विवरण पेस गरी स्वास्थ्य बिमा बोर्डसँग दाबी भुक्तानी लिने गरेको आरोप लागेको छ । बोर्डले यस्तो कार्यमा चिकित्सककै संलग्नता रहने गरेको आरोप लगाएको हो । बोर्डका कार्यकारी निर्देशक प्राडा दामोदर...
काठमाडौं, १८ असोज । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल मणिपाल शिक्षण अस्पतालबीच ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सहमती पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारीमा बैंकको गण्डकी प्रदेश प्रमुख सुशोभन देबकोटा...
बाजुरा, १७ असोज । जिल्ला अस्पताल बाजुरामा प्रसूति सेवाका लागि आउनुभएकी एक किशोरीकोे हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्लाको पूर्वीउत्तरी भेगको बूढीनन्दा नगरपालिका–९ की १५ वर्षीया सितारा नेपालीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी रुपक...
भक्तपुर, १६ असोज । जिल्ला प्रशासन कार्यालयले विभिन्न औषधि पसल (फार्मेसी)हरुलाई कारबाही गरेको छ । भक्तपुरका सहायक जिल्ला प्रमुख अधिकारी डोलेन्द्रप्रसाद निरौलाको नेतृत्वमा उद्योग तथा वाणिज्य कार्यालय, आन्तरिक राजस्व कार्यालय, औषधि व्यवस्था विभाग, नेपाल प्रहरी, उद्योग वाणिज्य सङ्घसहितको टोलीले...













