सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा एक हजार बालबालिकाको स्वास्थ्य परीक्षण


  •    न्युजभित्तो/१६ मंसिर २०८१, आईतवार ११:२५ 
  • मुग्लिन (चितवन), १६ मंसिर । चितवनमा सीमान्तकृत चेपाङ, मुसहर तथा विपन्न समुदायका एक हजार ३० बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ ।

    सपना भिलेज सोसल इम्प्याक्टले इच्छाकामना गाउँपालिका, कालिका र रत्ननगर नगरपालिकाका एक हजार ३० बालबालिकाको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरेको हो । भरतपुर अस्पतालसँगको सहकार्यमा इम्प्याक्टले ६ दिने निःशुल्क बाल स्वास्थ्य शिविर आयोजना गरेको थियो । शिविरको पहिलो दिन कालिका–१० निबुवाटारमा दुई सय २५, दोसो दिन वडा नं ११ रन्तेशमा एक सय ७५, तेस्रो र चौथो दिन इच्छाकामना–१ भाराङमा तीन सय ६९, पाँचौँ दिन हात्तीवाङमा एक सय ९१ र छैटौँ दिन सौराहास्थित सपना स्कुलमा ७० बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको इम्प्याक्टका कार्यक्रम निर्देशक सुजन बस्नेतले जानकारी दिनुभयो ।

    नेदरल्याण्डस्को ‘मेडिकल चेक्स फर चिल्ड्रेन’ संस्थाका १० विदेशी चिकित्सको टोलीले बालबालिकाको स्वास्थ्य परीक्षण गरेको हो । इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले सीमान्तकृत समुदायका बालबालिकाको स्वास्थ्य जोगाउन वार्षिक रूपमा बाल स्वास्थ्य शिविर गर्दै आएको बताउनुभयो । छ दिनसम्म सञ्चालन भएको शिविरमा शिशुदेखि १२ वर्षसम्मका बालबालिकाको उपचार गरिएको थियो ।

    चेपाङ र मुसहर बालबालिकामा खाना अभावका कारण कुपोषण हुने, उमेरअनुसार तौल नहुने समस्या रहेको अध्यक्ष गिरीले बताउनुभयो । इम्प्याक्टले चेपाङ समुदायका बालबालिकालाई लक्षित गरी सर्वोत्तम पीठो पनि वितरण गरेको छ । सुरुमा निःशुल्क र त्यसपछि १० प्रतिशतमात्र शुल्क लिएर सर्वोत्तम पीठो वितरणलाई निरन्तता दिएको उहाँले जानकारी दिनुभयो ।

    सर्वोत्तम पीठो वितरण गर्न थालेपछि चेपाङ बालबालिकामा कुपोषणको समस्या ९० प्रतिशत सामाधान भएको अध्यक्ष गिरीको भनाइ छ । इम्प्याक्टले सम्बन्धित पालिकाबाट अनुमति लिएर बाल स्वास्थ्य शिविर सञ्चालन गरेको हो । सपनाले विगत १८ वर्षदेखि चेपाङ बस्तीमा बाल स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.