प्लानका प्रमुख कार्यकारी अधिकृत डेबी सिम्पसन सहितको टोलीद्वारा समावेशी शिक्षा परियोजना लागू भएका विभिन्न स्थानको स्थलगत भ्रमण
न्युजभित्तो/१८ मंसिर २०८१, मंगलवार १६:५२
जनकपुर, १८ मंसिर । प्लान इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत डेबी सिम्पसनले जनकपुर भ्रमण गर्नुभएको छ । सोमबार प्रमुख कार्यकारी अधिकृत सिम्पसनसहित प्लान इन्टरनेसनलका विभिन्न देशका प्रतिनिधिहरूको टोलीले समतामूलक तथा समावेशी शिक्षा परियोजना लागू भएका विभिन्न स्थानको स्थलगत भ्रमण गर्नुभएको हो ।
भ्रमणका क्रममा धनुषास्थित गणेशमान चारनाथ नगरपालिकाका प्रमुख जितनारायण यादवले परियोजनाले नगरपालिकाभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा उल्लेखनीय योगदान दिएको भन्दै परियोजनाको प्रशंसा गर्नुभयो । ‘समतामूलक तथा समावेशी शिक्षा परियोजना यो नगरपालिकाका लागि निकै उपयुक्त र प्रभावकारी बनेको छ,’ प्रमुख यादवले भन्नुभयो, ‘विद्यालयको शैक्षिक वातावरण विद्यार्थीमैत्री बनाउन परियोजनाले राम्रो काम गरेको मैले पाएको छु ।’
भेटका क्रममा प्रमुख यादवले अति विपन्न परिवारका विद्यालय जान नसकेका र बीचैमा पढाइ छाडेका थुप्रै विद्यार्थीहरूले परियोजनाको पहलमा पुन: विद्यालयमा जोडिने अवसर पाएको उल्लेख गर्नुभयो । यद्यपि नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा भौतिक संरचनाको अभावले गुणस्तरीय शिक्षा प्रदान गर्न कठिन बनिरहेको नगर प्रमुख यादवको भनाइ थियो । यस सन्दर्भमा आफूले दातृ निकायसँग सहकार्य गर्न चाहेको उहाँले बताउनुभयो ।
भ्रमण टोलीले सोही नगरपालिका– ३ स्थित माध्यमिक विद्यालयको स्थलगत भ्रमणसमेत गरेको छ । सो क्रममा भ्रमण टोलीले शिक्षक, विद्यार्थी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीसँग विविध विषयमा छलफल गरेको छ ।
यूएसएआईडीको आर्थिक सहयोगमा प्लान इन्टरनेसनल नेपालले स्थानीय साझेदार आसमान नेपालसँग सहकार्य गरी कार्यान्वयन गरेको समतामूलक तथा समावेशी शिक्षा परियोजनामार्फत धनुषाका विभिन्न विद्यालयमा कमजोर सिकाइ भएका विद्यार्थी केन्द्रित उपचारात्मक कक्षा सञ्चालन, बालबालिका तथा आपाङ्गमैत्री खानेपानी, शौचालय र स्वच्छता (वास) संरचनाको व्यवस्थापन, विद्यार्थीमैत्री ईसीडी कक्षाको व्यवस्थापनलगायतको काम गरेको छ । यसैगरी, गुनासो सुनुवाइ संयन्त्र परिचालन, बालअधिकार समितिको गठन, विद्यालयको आन्तरिक सुशासन अभिवृद्धिमा समेत पहलकदमी लिएको छ ।
सोमबार नै प्लान इन्टरनेसनल नेपालका राष्ट्रिय निर्देशक राम किसनसहित विभिन्न देशका प्रतिनिधिहरूसँगै धनुषाको भ्रमण गर्नुभएको छ । टोलीले शिक्षा परियोजना र किशोरी सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित विभिन्न गतिविधिको स्थलगत भ्रमण गर्नुभएको हो ।
यसपछि टोलीले दीक्षित परिवर्तनका संवाहक (ग्राजुएट सीओसी) समूहसँग अन्तर्क्रिया गरेको थियो । सो क्रममा दीक्षित परिवर्तनका संवाहकहरूले आफैँले सिर्जना गरेका मिथिला चित्रकला प्रस्तुत गरे, जसमार्फत सचेतना विस्तारको काम गरिरहेको किशोरकिशोरीले बताए । त्यस्तै, भ्रमण टोलीले मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहसँग शिष्टाचार भेट गरेका छन् ।
भेटमा मुख्यमन्त्री सिंहले पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य र सामाजिक विकासको पाटो पनि प्रदेश सरकारको मुख्य प्राथमिकतामा रहेको बताउनुभयो । यसका लागि परिणाममुखी नतिजा हासिल गर्न दातृ निकायसँग पनि सहकार्य गर्दै अघि बढ्ने इच्छा रहेको मुख्यमन्त्री सिंहको भनाइ थियो । ‘सरकारको प्राथमिकताअनुसार गैरसरकारी संस्थाहरूले परियोजनाको डिजाइन र कार्यान्वयन गर्न सके नतिजा हासिल गर्न सम्भव छ,’ छलफलका क्रममा मुख्य मन्त्री सिंहले भन्नुभयो ।
सो क्रममा मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानीकुमारी तिवारीले शिक्षक विद्यार्थीको असन्तुलित अनुपातले शिक्षा क्षेत्र प्रताडित रहेको बताउनुभयो । जवाफमा प्लान इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत डेबी सिम्पसनले सरकारको प्राथमिकतालाई सघाउन प्लान इन्टरनेसनल सदैव तयार रहेको बताउनुभयो । ‘मधेश प्रदेशको शैक्षिक गुणस्तर सुधारमा हामी सहकार्य गरेर अघि बढ्न सक्छौँ,’ सीईओ सिम्पसनले थप्नुभयो, ‘सबै सरोकारवाला बीच बलियो सहकार्य भए जुनसुकै नतिजा पनि प्राप्त गर्न सकिन्छ ।’
भेटमा सीईओ सिम्पसनसहित, यूएसएआईडीका प्रतिनिधि, प्लान इन्टरनेसनलका एसिया प्यासिफिक निर्देशक भाग्यश्री देङ्गले नेपालका लागि राष्ट्रिय निर्देशक राम किसनका साथै चीन, जापान, बंगलादेश, अस्ट्रेलिया, युगान्डा, नेदरल्यान्ड्सका प्रतिनिधिहरू पनि सहभागी हुनुहुन्थ्यो ।