भरतपुर २२ मङ्सिर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल, प्याव्सन भरतपुर महानगरको तेस्रो अधिबेसन शनिबार भरतपुरमा सम्पन्न भएको छ ।
तेस्रो अधिवेशनको समुद्घाटन गर्दै प्रमुख अतिथि भरतपुर महानगरपालिकाका नगर शिक्षा अधिकारी सुवासचन्द्र आचार्यले संस्थागत विद्यालयहरुले नीतिगत विषयहरू पूर्णरूपमा पालना गर्दै शैक्षिक विकासमा अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
भरतपुर महानगरका संस्थागत विद्यालयहरूले शैक्षिक मापदण्डहरू पूरा गर्नुपर्ने आवश्यकतामा औँल्याउँदै प्रमुख अतिथि आचार्यले शैक्षित नीति र पाठ्यक्रमले तोकेका मापदण्डहरू पूरा गरेर विद्यालयहरु सञ्चालन गर्न सबैलाई आग्रह गर्नुभयो ।
नयाँ कार्यसमितिको लागि अध्यक्षबाहेक सबै पद निर्विरोध निर्वाचित भए भने अध्यक्ष पदको लागि मात्र निर्वाचन भएको थियो । होली भिजन पब्लिक स्कुलका प्राचार्य मीनराज बस्ताकोटी र मन शिक्षा इङ्ग्लिस स्कुलका प्राचार्य इन्द्रेश शाहबीच भएको अध्यक्षको निर्वाचनमा मीनराज बस्ताकोटी ४७ मत प्राप्त गरी विजयी भएका छन् भने इन्द्रेश शाहले ३२ मत प्राप्त गरेका थिए । २ मत बदर भएको थियो ।
सहमतिको लागि पटकपटकको प्रयास असफल भएपछि अध्यक्ष पदको लागि मात्र मतदान भएको थियो । मतदानमा ८१ विद्यालयहरु सहभागी भएका थिए ।
अधिवेशनले उपाध्यक्षमा श्रीनिवास पौडेल, सचिवमा वेदराज न्यौपाने, सहसचिवमा ठाकुर रिजाल , कोषाध्यक्षमा यमबहादुर पौडेल, सहकोषाध्यक्षमा रामप्रसाद अधिकारी निर्वाचित गरेको छ।
यसैगरी सदस्यहरुमा हरिचरण रानाभाट, प्रेमहरि सुवेदी, आकाश पौडेल, तुलसीराम पाण्डे, बद्रीप्रसाद मिश्र, प्रेम बस्याल निर्वाचित भएका छन् ।
प्याब्सन भरतपुर महानगरका अध्यक्ष लेखनाथ खनालको अध्यक्षतामा सम्पन्न अधिवेशनको उद्घाटन समारोहमा प्याब्सनका प्राज्ञिक सल्लाहकार केशवकुमार श्रेष्ठ प्याब्सनका केन्द्रीय सदस्य मोहन लामा, प्याब्सन चितवनका अध्यक्ष कीर्तिनिधि अर्याल,प्याब्सन चितवनका प्रमुख सल्लाहकार टीकाराम चापागाईं,शिक्षक महासंघ, भरतपुर महानगरका अध्यक्ष रामेश्वर न्यौपाने , प्याव्सन चितवनका पुर्व अध्यक्ष श्रीप्रसाद ढुङ्गाना,प्याब्सन जिल्ला कार्यसमिति सदस्य दयानिधि अर्याल, अभिभावक संघ भरतपुर महानगरका अध्यक्ष भोजराज न्यौपाने,इष्टुका केद्रिन्य सचिव जनकराज घिमिरेलगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।