एड्स महामारी अन्त्यका लागि सहयोग गर्न स्वास्थ्यमन्त्री पौडेलको अनुरोध
न्युजभित्तो/१६ मंसिर २०८१, आईतवार १३:४६
काठमाडौं, १६ मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य प्राप्त गर्न सहयोग गर्न सम्बन्धित सबैलाई अनुरोध गर्नुभएको छ ।
मन्त्री पौडेलले ३७ औँ विश्व एड्स दिवस २०२४ को अवसरमा शुभकामना सन्देश जारी गर्दै एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य प्राप्त गर्न सहयोग गर्न सम्बन्धित सबैलाई अनुरोध गर्नुभएको हो ।
उहाँले सङ्क्रमित व्यक्तिहरुको उपचार, सेवा र संरक्षणमा समान पहुँचको महत्त्वलाई सम्झाउन र एड्को महामारीलाई अन्त्य गर्ने लक्ष्य प्राप्त गर्न समुदायको सक्रिय सहभागिता र सहकार्यको आवश्यकता हुने भएकाले आआफ्नो क्षेत्रबाट योगदान पुर्याउन अनुरोध गर्नुभएको हो ।
दिगो विकास लक्ष्य सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्यलाई हासिल गर्न ९५ः९५ः९५ अर्थात ९५ प्रतिशत एचआइभी सङ्क्रमितहरुले आफ्नो सङ्क्रमण अवस्थाबारे थाहा पाउने, ती मध्ये ९५ प्रतिशतको औषधी उपचारमा पहँुच हुने र ती औषधी खानेहरु मध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार कम गर्ने रहेको छ ।
यस अभियानलाई सहयोग गर्न र सबैलाई स्वास्थ्य सेवाको अधिकार सुनिश्चित गर्न प्रतिवद्ध गरेको मन्त्री पौडेलले बताउनुभयो । एचआइभी महामारीको नियन्त्रणमा नेपालले विगत दुई दशकमा उल्लेखनीय उपलब्धि हासिल गरेको शुभकामना सन्देशमा उल्लेख छ ।
उहाँका अनुसार सन् २०१० देखि २०२३ सम्म नयाँ एचआईभी सङ्क्रमण दर ७८ प्रतिशतले र एड्सका कारण हुने मृत्यु दर ८५ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०८०र८१ मा पाँच लाख २४ हजार ९० जनाको एचआइभी परीक्षण गर्दा दुई हजार ४७५ जनामा एचआइभी पोजेटिभ भएको हो ।
यस वर्षको नारा ‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ भन्ने रहेको छ ।