सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एड्स महामारी अन्त्यका लागि सहयोग गर्न स्वास्थ्यमन्त्री पौडेलको अनुरोध


  •    न्युजभित्तो/१६ मंसिर २०८१, आईतवार १३:४६ 
  • काठमाडौं, १६ मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य प्राप्त गर्न सहयोग गर्न सम्बन्धित सबैलाई अनुरोध गर्नुभएको छ ।

    मन्त्री पौडेलले ३७ औँ विश्व एड्स दिवस २०२४ को अवसरमा शुभकामना सन्देश जारी गर्दै एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य प्राप्त गर्न सहयोग गर्न सम्बन्धित सबैलाई अनुरोध गर्नुभएको हो ।

    उहाँले सङ्क्रमित व्यक्तिहरुको उपचार, सेवा र संरक्षणमा समान पहुँचको महत्त्वलाई सम्झाउन र एड्को महामारीलाई अन्त्य गर्ने लक्ष्य प्राप्त गर्न समुदायको सक्रिय सहभागिता र सहकार्यको आवश्यकता हुने भएकाले आआफ्नो क्षेत्रबाट योगदान पुर्‍याउन अनुरोध गर्नुभएको हो ।

    दिगो विकास लक्ष्य सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्यलाई हासिल गर्न ९५ः९५ः९५ अर्थात ९५ प्रतिशत एचआइभी सङ्क्रमितहरुले आफ्नो सङ्क्रमण अवस्थाबारे थाहा पाउने, ती मध्ये ९५ प्रतिशतको औषधी उपचारमा पहँुच हुने र ती औषधी खानेहरु मध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार कम गर्ने रहेको छ ।

    यस अभियानलाई सहयोग गर्न र सबैलाई स्वास्थ्य सेवाको अधिकार सुनिश्चित गर्न प्रतिवद्ध गरेको मन्त्री पौडेलले बताउनुभयो । एचआइभी महामारीको नियन्त्रणमा नेपालले विगत दुई दशकमा उल्लेखनीय उपलब्धि हासिल गरेको शुभकामना सन्देशमा उल्लेख छ ।

    उहाँका अनुसार सन् २०१० देखि २०२३ सम्म नयाँ एचआईभी सङ्क्रमण दर ७८ प्रतिशतले र एड्सका कारण हुने मृत्यु दर ८५ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०८०र८१ मा पाँच लाख २४ हजार ९० जनाको एचआइभी परीक्षण गर्दा दुई हजार ४७५ जनामा एचआइभी पोजेटिभ भएको हो ।

    यस वर्षको नारा ‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ भन्ने रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
    • मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’
    • सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
    • क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    • ‘खराब’ एनिमेसनले चीनमा तहल्का

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.