स्वास्थ्य / शिक्षा

रक्तअल्पताबाट जोगाउन किशोरीहरूलाई विद्यालयमा नै आइरन चक्की
-न्युजभित्तो

टीकापुर, १३ मंसिर । किशोरीहरूलाई रक्तअल्पताबाट जोगाउन विद्यालयमा नै आइरन चक्की खुवाउने अभियान टीकापुरमा जारी छ । टीकापुर नगरपालिकाले नगरका सबै विद्यालयमा किशोरावस्थाका छात्रालाई आइरन चक्की खुवाउने अभियान थालेको हो । दश वर्षमाथिका सबै किशोरीलाई आइरन चक्की र जुकाको औषधि...

चिकित्सा शिक्षा आयोगको बैठकः पिजीको विवाद मिलाउन प्रधानमन्त्रीको निर्देशन
-न्युजभित्तो

काठमाडौँ, ९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजमा आवासीय चिकित्सक–स्नातकोत्तर तह (पिजी) को सुविधासम्बन्धी विवाद आपसी छलफलबाट मिलाउन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको चिकित्सा शिक्षा आयोगको १५औँ बैठकमा आयोगका अध्यक्ष...

पाँच महिनामा ५५ गर्भवती तथा सुत्केरीको उद्धार
-न्युजभित्तो

काठमाडौँ, ९ मंसिर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पछिल्लो पाँच महिनामा दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यक्रमअन्तर्गत ५५ गर्भवती तथा सुत्केरीको उद्धार गरेको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाईले गत...

गरिमाको क्षेत्रीय कार्यालय नारायणगढमा आयोजित रक्तदानमा ७८ जनाले दिए रगत
-न्युजभित्तो

चितवन, ७ मंसिर । गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा आज नारायणगढमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । बैंकको क्षेत्रीय कार्यालय जुनहल रोड नारायणगढमा आयोजित रक्तदान कार्यक्रममा आठ जना महिला सहित ७८ जनाले रगत दिएका हुन् । बैंकका क्षेत्रीय...

ढोरपाटनमा निःशुल्क आँखा शिविरः एक हजार ५५ जनाले लिए सेवा
-न्युजभित्तो

ढोरपाटन (बागलुङ), ३ मंसिर । ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा भएको निःशुल्क आँखा शिविरबाट एक हजार ५५ जनाले सेवा लिएका छन् । शनिबारदेखि सुरु भएको शिविरबाट जिल्लाको ढोरपाटन नगरपालिका, निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाका नागरिकले सेवा लिएका हुन् । ढोरपाटन नगरपालिका र...

चितवनमा ‘क्रिटिकल केयर’ सम्बन्धी आठ देशका चिकित्सक र नर्सको सम्मेलन सम्पन्न
-न्युजभित्तो

चितवन, २ मङ्सिर । यहाँको पर्यटकीय क्षेत्र सौराहामा रहेर नेपालसहित विभिन्न देशका चिकित्सक र नर्सहरुले ‘क्रिटिकल केयर’ मेडिसिन सम्बन्धी कार्यशालामा अनुभव आदानप्रदान गरेका छन् । क्रिटिकल केयरमा काम गर्ने चिकित्सकहरुको संस्था ‘नेपलिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिन’ र ‘क्रिटिकल केयर...

सात हजार बढीलाई आँखा उपचार सेवा
-न्युजभित्तो

कञ्चनपुर, २ मंसिर । शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित सृजनशील बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत सात वर्षदेखि आँखा उपचार केन्द्र सञ्चलन गर्दै आएको छ । शुक्लाफाँटा नगरपालिका, धनगढीस्थित च्यारेटी हेल्थ फाउण्डेसनको प्राविधिक सहयोगमा सहुलियतमा सर्वसाधारणलाई आँखा उपचार सेवा प्रवाह गर्दै...

जाडो मौसममा यसरी जोगिन सकिन्छ निमोनियाबाट
-न्युजभित्तो

चितवन, २९ कात्तिक । चिसो मौसममा निमोनिया गराउने ‘भाइरस’ सक्रिय हुने हुँदा यसबाट बच्न विज्ञ चिकित्सकको सुझाव छ । जाडो मौसममा बालबालिकादेखि बृद्धबृद्धासम्मलाई निमोनियाको संक्रमण धेरै हुने जनाउँदै सावधानी अपनाउन सुझाव दिइएको हो । केही वर्ष अघिसम्म राजधानी बाहिर विशिष्टिकृत...

प्रधानमन्त्री ओली कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त सहभागी
-न्युजभित्तो

जुम्ला, २८ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा सहभागी हुन आइपुग्नुभएको छ । सो प्रथम दीक्षान्त समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ विद्यार्थी दीक्षित हुने...

धवलागिरि आयुर्वेद औषधालयको स्तरोन्नति
-न्युजभित्तो

गलकोट (बागलुङ), २५ कात्तिक । गण्डकी प्रदेश सरकारले धवलागिरि आयुर्वेद औषधालयमा भर्ना भएरै बिरामीको उपचार गर्ने तयारी थालेको छ । औषधालयमा हाल बहिरङ्ग सेवामात्र सञ्चालनमा रहेको यस अस्पतालमा अन्तरङ्ग सेवा थप गर्नेगरी बजेट विनियोजन भएको हो । धवलागिरि आयुर्वेद औषधालयलाई...