स्वास्थ्य / शिक्षा
काठमाडौँ, २९ साउन । चिकित्सा शिक्षा आयोगको २१औैँ बैठकले यस शैक्षिकसत्रका लागि चिकित्सा शिक्षाको विभिन्न तह र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को ‘पिसिएल’ तहको सङ्ख्या वृद्धिसहित सिट निर्धारणको निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री...
चितवन, २९ साउन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण गर्ने तयारी गरेको छ । यसका लागि चिनियाँ सात सदस्यीय टोली आज यहाँ आएको छ । अस्पतामा बोनम्यारो प्रत्यारोपणका लागि चीन सरकारले भवन, आवश्यक उपकरण र जनशक्ति व्यवस्थापनमा...
चितवन, २९ साउन । सन् २०२५ मा हालसम्म चितवनका तीन जनामा जापानिज इन्सेफ्लाइटिस (जेई) को सङ्क्रमण देखिएको छ । जुलाइमा एक र अगष्टमा दुई जनामा यो रोगको सङ्क्रमण देखिएको हो । स्वास्थ्य निर्देशनालय हेटौँडाका कीट नियन्त्रक उत्तम प्याकुरेलका अनुसार सन्...
काठमाडौँ, २८ साउन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निर्माण सम्पन्न भएर हस्तान्तरण भइसकेका ५५ वटा आधारभूत अस्पताल सञ्चालनमा ल्याउन तीनै तहका सरकार आपसी समझदारीका साथ अघि बढिरहेका बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले...
ढोरपाटन (बागलुङ), २८ साउन । जिल्लामा एक लाख ९३ हजार ७२२ पशुचौपायालाई खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङले जिल्लाका १० वटै वडाका ८५ वडामा प्राविधिक खटाएर विभिन्न रोगविरुद्धको खोप लगाएको हो । कुकुर, गाईभैँसी, राँगा,...
दमौली (तनहुँ), २८ साउन । जिल्लामा आयुर्वेद सेवातर्फ सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । प्रदेश आयुर्वेद चिकित्सालय तनहुँमा एक वर्षमा ५९ हजार ७१ सर्वसाधारणले सेवा लिएका छन् । गत आर्थिक वर्षमा चिकित्सालयबाट २१ हजार १८३ महिला र ३७ हजार ८८८...
कर्णाली, २८ साउन । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले नागरिकको स्वास्थ्य समस्या समाधानमा विशेष प्राथमिकता दिएको छ । मानव स्वास्थ्य बचाउन र नागरिकलाई स्वास्थ्य जाँचका लागि अस्पतालसम्म पुग्ने तथा फर्किने क्रममा हुने आर्थिक अभाव परिपूर्ति गर्न सरकारले सहयोग...
कर्णाली, २८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा सहप्राध्यापक डा. पुजनकुमार रोकायलाई नियुक्त गर्नुभएको छ । जुम्लाको चन्दननाथ नगरपालिका–४ निवासी सहप्राध्यापक डा.रोकाया एक दशकदेखि प्रतिष्ठान कार्यरत हुनुहुन्छ । मङ्गलबार उपकुलपतिमा नियुक्त हुनुभएका उहाँ हाडजोर्नी विशेषज्ञ...
मोरङ, २७ साउन । कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशालाले सर्वसाधारण नागरिकलाई निजी क्षेत्रभन्दा न्यूनतम शुल्कमा स्वास्थ्य परीक्षण सेवा प्रदान गरेको छ । विराटनगर महानगरपालिका–१० स्थित आफ्नो भवनमा अत्याधुनिक प्रयोगशालाबाट दैनिक एक सय ५० भन्दाबढी बिरामीले सेवा लिइरहेका प्रयोगशालाका प्रमुख प्रकाश कार्कीले...
भादगाउँ, २६ साउन । मध्यपुर थिमि नगरपालिकाले निःशुल्क रगत वितरणलाई निरन्तरता दिएको छ । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखासँग आज सम्झौता नवीकरण गर्दै मध्यपुर थिमिले नगरवासीलाई निःशुल्क रगत तथा रक्ततत्व वितरणलाई निरन्तरता दिएको हो । सम्झौतामा मध्यपुर थिमि नगरपालिकाका प्रमुख...
















