सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

डेङ्गी सङ्क्रमण बढ्दै


  •    न्युजभित्तो/६ भाद्र २०८२, शुक्रबार १२:५० 
  • काठमाडौँ, ६ भदौक । डेङ्गीको सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमण पनि बढ्न थालेको छ ।

    इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालका अनुसार तीन हजार २४७ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । पछिल्लो एक हप्तामा २११ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । यसैगरी, डेङ्गी सङ्क्रमणबाट दुई जनाको निधन भएको छ ।

    कोशी प्रदेशमा ५६८, मधेस प्रदेशमा ६२, बाग्मती प्रदेशमा ६७५, गण्डकी प्रदेशमा ९१४, लुम्बिनी प्रदेशमा ५५१, कर्णाली प्रदेशमा ९३ र सुदूरपश्चिम प्रदेशमा ३८४ जनामा डेङ्गी सङ्क्रमण देखिएको प्रमुख डा दाहालले जानकारी दिनुभयो । पानी पर्ने क्रम जारी रहेकाले सर्वसाधारणलाई सतर्कता अपनाउन समेत उहाँले आग्रह गर्नुभयो ।

    पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ । त्यही लार्भा वयस्क भएपछि त्यसले टोकेपछि डेङ्गी रोग लाग्दछ । डेङ्गी रोकथामका लागि सरकारले प्रत्येक शुक्रबार लामखुट्टै खोज र नष्ट अभियान सञ्चालन गरेको छ ।

    सन् २०२४ मा डेङ्गी सङ्क्रमण ७६ जिल्लामा फैलिएको थियो भने यसबाट १५ जनाको मृत्यु हुनुका साथै ४१ हजार ८६५ जना सङ्क्रमित भएका थिए ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सालक बागमती प्रदेशको गौरव
    सुनचाँदीको मूल्य अस्थिर
    रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    • दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.