सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आयुर्वेद औषधि उत्पादन केन्द्रद्वारा नौ प्रकारका औषधि उत्पादन


  •    न्युजभित्तो/८ भाद्र २०८२, आईतवार ११:१८ 
  • चितवन, ८ भदौ । आयुर्वेद औषधि उत्पादन केन्द्र रत्ननगरले चालु आर्थिक वर्षमा नौ प्रकारका औषधि उत्पादन गरी दर्ताका लागि सिफारिसको तयारी गरेको छ । केन्द्रले गत आर्थिक वर्षदेखि औषधि उत्पादनको काम सुरु गरेको हो ।

    गत आवमा १० प्रकारका औषधि सिफारिस गरेकामा यस वर्ष नौवटा सिफारिस गर्ने तयारी गरेको कार्यालयका प्रमुख डा सुरेश महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष सिफारिस गरिएका सबै औषधि चुर्ण (धुलो) छन् । यस वर्ष आठ ‘ट्याबलेट’ र एक भष्म औषधि व्यवस्था विभागमा दर्ताका लागि सिफारिस गर्ने तयारी गरेको हो ।

    गत वर्ष सिफारिस गरिएका औषधिमा अश्वगन्ध चुर्ण, आमलकी चुर्ण, सितोपलादी चुर्ण, अविपत्तिकर चुर्ण, बिल्वादी चुर्ण, हिङ्ग्वाष्टक चुर्ण, महासुदर्शन चुर्ण, पुस्यानुग चुर्ण, त्रिफला चुर्ण, निम्बादी चुर्ण छन् ।

    यस वर्ष सिफारिस गर्न लागिएको औषधिमा खदिरादि बटी, गन्धक रसायन, महाशङ्ख बटी, चन्द्रप्रभा बटी, कैशोर गुग्गुलु, योगराज गुग्गुलु, महायोगराज गुग्गुलु, सर्पगन्धाघन बटी र टङ्कण भष्म छन् ।

    बागमती प्रदेश सरकारको अनुमति र संघीय सरकारको मापदण्डमा रहेर औषधि उत्पादन गर्दै आइएको उहाँले जानकारी दिनुभयो । अहिले केन्द्रले २३ औषधि उत्पादनलाई प्रथामिकतामा राखेर काम गर्दै आएको छ । उहाँले भन्नुभयो, “हामीले प्रदेश सरकारबाट एक सय १९ औषधि उत्पादनका अनुमति पाइसकेका छौँ ।” तर अहिले सरकारले प्राथमिकतामा राखेका २३ औषधि उत्पादन गर्ने तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो । सरकारले अत्यावश्यकभित्र राखेका औषधि उत्पादन गरेर निःशुल्क उपलव्ध गराउने तयारी गरिएको छ ।

    सरकारले जारी गरेको कुशल औषधि उत्पादन अभ्यास निर्देशिका २०८२ अनुसार औषधि उत्पादन र सिफारिस गरिएको उहाँले बताउनुभयो । बागमती प्रदेशभित्र रहेका जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि पुर्याउने गरी काम गरिएको उहाँले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सालक बागमती प्रदेशको गौरव
    सुनचाँदीको मूल्य अस्थिर
    रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    • दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.