सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गौर प्रादेशिक अस्पतालको टोली हैजा फैलिएको क्षेत्रमा परिचालि


  •    न्युजभित्तो/९ भाद्र २०८२, सोमबार १५:०६ 
  • गौर प्रादेशिक अस्पतालको टोली हैजा फैलिएको क्षेत्रमा परिचालिवीरगञ्ज (पर्सा), ९ भदौक । वीरगञ्ज महानगर आसपासमा देखिएको झाडापखाला र हैजा नियन्त्रणका लागि प्रादेशिक अस्पताल गौर रौतहटबाट दुई जना चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली यहाँ आइपुगेको छ ।

    गत शुक्रबारदेखि वीरगञ्ज महानगर आसपास क्षेत्रमा झाडापखाला र हैजाका बिरामी देखापरेसँगै आज गौर प्रादेशिक अस्पतालका डा परशुराम यादव र डा विष्णुकुमार साह नेतृत्वको स्वास्थ्यकर्मीको टोली वीरगञ्जको नारायणी अस्पतालमा आइपुगेको हो ।

    प्रादेशिक अस्पताल गौरका अध्यक्ष मोहम्मद अनवर हासमीले वीरगञ्जमा झाडापखाला र हैजाका बिरामी देखापरेपछि आवश्यक सहयोग चिकित्सकसहितको टोली वीरगञ्ज पठाइएको जानकारी दिनुभयो ।

    “दुई जना चिकित्सक र तीन जना हेल्थ असिस्टेन्टसहितको टोली पठाएका छौँ”, उहाँले भन्नुभयो, “चिकित्सकसहित स्वास्थ्यकर्मीको टोलीले वीरगञ्ज आसपास क्षेत्रमा फैलिएको झाडापखाला र हैजा नियन्त्रणमा सहयोग गर्नुका साथै बिरामीको उपचारका लागि समन्वय गर्नुहुने छ ।”

    वीरगञ्जमा अहिलेसम्म ७९ जना हैजाका बिरामी भेटिएका छन्भने झाडापखालाजन्य लक्षण देखिएका एक सय तीन जना यहाँका विभिन्न अस्पतालमा उपचारत छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.