स्वास्थ्य / शिक्षा
नारायणगढ (चितवन), २२ साउन । भरतपुर अस्पताल प्रसूति सेवामा देशकै अग्रणी मध्येमा एक मानिन्छ । काठमाडौँको प्रसूति गृहपछि सबैभन्दा बढी प्रसूति सेवा दिने अस्पताल हो यो । वार्षिक १६ हजार सम्मले सेवा लिएको यस अस्पतालमा हाल अन्य स्थानीय तहमै प्रसूति...
नारायण अधिकारी चितवन, २१ साउन । सरकारले सुत्केरी महिलाका लागि तीन महिना बिदा दिने गरेको छ । निजी क्षेत्रमा भने यो सुविधा अझै सबैले पाइसकेका छैनन् । यसो त स्वस्थ बच्चाका लागि कम्तीमा दुई वर्ष नियमित स्तनपान गराउनुपर्ने हुन्छ...
जुम्ला, २१ साउन । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भिडियो एक्सरे सेवा बन्द भएको छ । अस्पतालको भिडियो एक्सरे, अल्ट्रासाउण्डलगायत सेवा एक महिनादेखि बन्द हुँदा उपचारका लागि प्रतिष्ठानमा आएका सेवाग्राहीलाई सास्ती भएको छ । तिला गाउँपालिकाका टोपबहादुर रावतका अनुसार अस्पतालमा...
तम्घास (गुल्मी), २१ साउन । “म आफैँलाई मधुमेह (सुगर) छ, नियमित जाँच र औषधि लिन बुटबल जानुपर्छ”, चन्द्रकोट गाउँपलिका–६ हरेवाकी लीलमाया शर्माले भन्नुभयो, “घरैअगाडि १५ शय्याको अस्पताल बनेको छ, सञ्चालनमा नआउँदा सेवा लिन पाइएको छैन ।” शर्माले अस्पताल बनाउने समयमा...
तनहुँ, २० साउन । दमौली कारागारमा रहेका कैदीबन्दीमा छालाजन्य रोग देखिएको छ । तीस पुरुष र १० महिलामा दाद, लुतोलगायत छालासम्बन्धी समस्या देखिएको हो । पुरुषतर्फ रक्तचापका १५, मधुमेहका १०, श्वासप्रश्वासका दुई, क्षयरोगका एक, बाथरोगका दुई र एचआइभी सङ्क्रमित दुई...
गलकोट (बागलुङ), २० साउन । यहाँको आधारभूत अस्पतालमा डायलाइसिस सेवा दिने तयारी थालिएको छ । यसका लागि सङ्घीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत बडिगाड गाउँपालिकालाई रु एक करोड एक लाख ४४ हजार ८२० बराबरको पाँचवटा डायलाइसिस उपकरण प्राप्त भएको छ...
मान्म (कालीकोट), १९ साउन । बडिमालिका जाने तीर्थयात्रीका लागि कालीकोटको रास्कोट नगरपालिकाले चिकित्सकसहितको टोली परिचालन गरेको छ । यही साउन २२ गते पूजा हुने बडिमालिकामा तीर्थयात्रीको घुइँचो लाग्ने भएकाले स्वास्थ्य सेवा सञ्चालन गरिएको हो । यहाँ हरेक वर्ष भाद्र शुक्लपक्ष...
धनुषाधाम, १९ साउन । मधेस प्रदेशमा स्वास्थ्य बिमा गराउनेको सङ्ख्या सात लाख ५० हजार नाघेको छ । सरकारले नागरिकलाई सहज र सुलभ रूपमा सरकारी स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गराउन ल्याएको यस कार्यक्रमअन्तर्गत यही साउन १६ गतेसम्म प्रदेशका आठै जिल्लाबाट...
काभ्रेपलाञ्चोक, १९ साउन । यहाँका नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउन रु दुई करोडको अक्षयकोषको स्थापना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको आयोजनामा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाको उपस्थितिमा आज उक्त कोष स्थापना गरिएको हो । मन्त्री थापाले व्यक्तिगत...
पर्वत, १९ साउन । यहाँको प्रमुख स्वास्थ्य संस्थाका रूपमा रहेको प्रदेश अस्पताल पर्वतमा एकैपटक १२ वटा प्रयोगशाला सञ्चालनमा ल्याइएकोे छ । अब बिरामीले आधुनिक प्रविधिबाट स्वास्थ्य सम्बन्धी समस्याको प्रयोगशाला परीक्षण यहीँबाट गर्न सक्ने भएका छन् । हालसम्म उपलब्ध परीक्षणसम्बन्धी सेवा...
















