स्वास्थ्य / शिक्षा

गर्भवतीका लागि पोषण कार्यक्रम प्रभावकारी बन्दै
-न्युजभित्तो

तनहुँ, ३ भदौ । जिल्लाको व्यास नगरपालिकाद्वारा सञ्चालित ‘महिलासँग उपप्रमुख’अन्तर्गत गर्भवती महिला पोषण कार्यक्रम प्रभावकारी बन्दै गएको छ । बालबालिकालाई कुपोषणमुक्त र स्वस्थ बनाउने, नवजात शिशु र आमा दुवैको मृत्युदर घटाउने, स्वास्थ्य स्याहार र सुरक्षा उपलब्ध गराउने उद्देश्यले सञ्चालित...

पच्चीस वर्षपछि क्यान्सर अस्पतालका भवनको नक्सापास
-न्युजभित्तो

चितवन, २ भदौ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको भवनहरूको २५ वर्षपछि नक्सापास (अभिलेखीकरण) गरिएको छ । अस्पतालका २९ वटा भवनको एकैपटक नक्सापास गरिएको हो । विसं २०४९ मा शिलान्यास गरेर काम थालिएको अस्पताल विसं २०५६ बाट नियमित सञ्चालनमा आएको...

सेवा बढाउँदै भक्तपुर क्यान्सर अस्पताल
-न्युजभित्तो

काठमाडौँ, २ भदौ । सरकारी तवरबाट सञ्चालित भक्तपुर क्यान्सर अस्पतालले क्यान्सर उपचारमा आफूलाई अब्बल बनाउँदै लगेको छ । अस्पतालले क्यान्सर उपचारका लागि विदेश जान नपर्ने गरी आफ्नो सेवा विस्तार गरेको छ ।  अस्पतालले ‘ब्रेन’मा हुने क्यान्सर उपचार पद्धतिदेखि उपचारमा अत्याधुनिक...

स्वास्थ्य चौकीमा कार्यरत अनमीको झुण्डिएको अवस्थामा शव फेला
-न्युजभित्तो

बैतडी, २ भदौ । यहाँको एक स्वास्थ्य चौकीमा कार्यरत अनमी मृत फेला परेकी छन् । मृत फेला पर्नेमा पुर्चौंडी नगरपालिका–१० स्थित विजयपुर स्वास्थ्य चौकीमा कार्यरत अन्दाजी २४ वर्षीया अनमी भागरथी विष्ट रहेकी छिन् । बस्ने कोठामा आइतबार राति ८ बजेतिर...

गण्डकी प्रदेशलाई स्वास्थ्य क्षेत्रको ‘हव’ बनाउन लक्ष्य
-न्युजभित्तो

गोरखा, १ भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशलाई स्वास्थ्य क्षेत्रको ‘हव’ बनाउने लक्ष्य रहेको बताउनुभएको छ । गोरखा सदरमुकामस्थित गोरखा एनपिआई हस्पिटलको आज उद्घाटन गर्दै उहाँले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथामिकतामा राखेर चालु आर्थिक वर्षमा कूल बजेटको...

बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने
-न्युजभित्तो

भक्तपुर, १ भदौ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका १३ जिल्लाका पत्रकारका लागि निःशुल्क स्वास्थ्य बिमा लागू गर्ने भएको छ । आज भक्तपुरमा सञ्चारकर्मीलाई यसबारे जानकारी दिँदै प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेशभित्रका सबै पत्रकारलाई निःशुल्क स्वास्थ्य बिमामा समेट्ने गरी...

निःसन्तान उपचारमा पारदर्शिता र सुरक्षाका लागि स्वास्थ्य मन्त्रालयद्धारा मापदण्ड जारी
-न्युजभित्तो

काठमाडौँ, १ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निःसन्तान उपचार (आइभीएफ) सेवालाई व्यवस्थित बनाउन र नियमन गर्न ‘निःसन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्ड, २०८२’ स्वीकृत गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णय गर्दै उक्त मापदण्ड स्वीकृत गर्नुभएको हो...

प्रादेशिक अस्पताल सिरहा: ‘डायलाइसिस’ सेवा लिन दिनहुँ २० जना बिरामी पालो पर्खिनुपर्ने बाध्यता
-न्युजभित्तो

सिरहा, १ भदौ । प्रादेशिक अस्पताल सिरहामा डायलाइसिस सेवा लिनका लागि बिरामीको चाप अत्याधिक बढेको छ । अस्पतालले विगत तीनवर्षदेखि सो सेवा सञ्चालन गर्दै आएको छ । बिरामीको चाप वढेसँगै सेवा विस्तारका लागि स्रोत साधनको अभाव देखिएको छ । अस्पतालमा...

गण्डकीमा आठ सय जनामा डेङ्गु सङ्क्रमण
-न्युजभित्तो

गण्डकी, १ भदौ । गण्डकी प्रदेशमा गत पुसयता डेङ्गु सङ्क्रमित हुनेको सङ्ख्या आठ सय ११ पुगेको छ । पछिल्लो तीन सातामा मात्र दुई सय दुई जनामा उक्त रोगको सङ्क्रमण पुष्टि भएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयको आँकडाअनुसार सबैभन्दा बढी कास्कीमा...

बेनी प्रदेश अस्पताल: नयाँ भवनबाट अन्तरङ्ग र बहिरङ्ग सेवा
-न्युजभित्तो

म्याग्दी, १ भदौ । प्रदेश अस्पताल बेनीले अन्तरङ्ग र बहिरङ्ग विभागको सेवा नयाँ भवनबाट थालिएकोे छ । करिब आठ वर्ष अस्थायी भवनको साँघुरा भवनका कोठाबाट सञ्चालन हुँदै आएको उपचारकक्ष नयाँ भवनमा स्थानान्तरण भएपछि बिरामीको उपचार सहज भएको छ ।...