सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वीरगञ्ज महानगरपालिका क्षेत्रमा खानेपानी परीक्षण जारी


  •    न्युजभित्तो/८ भाद्र २०८२, आईतवार ११:०९ 
  • काठमाडौँ, ८ भदौ । वीरगञ्ज महानगरपालिकामा खानेपानी परीक्षण तथा शुद्धीकरणलाई जारी राखिएको छ । ती कार्यका लागि घुम्ति सवारीसाधनसहितको टोली परिचालन गरिएको खानेपानी तथा ढल व्यवस्थापन विभागले जनाएको छ । विभागका महानिर्देशक रामकुमार श्रेष्ठले हैजा रोगको सङ्क्रमण पुष्टि भएका क्षेत्रमा खानेपानी परीक्षण र शुद्धीकरणका लागि आवश्यक सामग्रीसहितको टोली खटिएको र आवश्यक थप सामग्री आज पठाउन लागिएको जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “हामीले त्यस क्षेत्रको खानेपानी परीक्षण गर्न तत्कालै सवारी साधान सहितको घुम्ति टोली खटाएका छौँ । पानी परीक्षण र शुद्धीकरणका लागि आवश्यक पर्ने थप सामग्री आज पठाइँदै छ ।” वीरगञ्जमा शुक्रबार तीन जनामा हैजा रोगको सङ्क्रमण पुष्टि भएको जनाइएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सालक बागमती प्रदेशको गौरव
    सुनचाँदीको मूल्य अस्थिर
    रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    • दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.