स्वास्थ्य / शिक्षा
बैतडी, २६ साउन । जिल्लाका पशुमा लम्पी स्कीन र खरी रोग पुनः देखा पर्न थालेको छ । सबै स्थानीय तहमा सो रोगबाट पशु सङ्क्रमित हुन थालेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख गुमानी पन्तको भनाइ छ । खरी रोगलाई...
म्याग्दी, २६ साउन । म्याग्दीमा रहेको प्रादेशिक अस्पताल बेनीले मिर्गौलाका बिरामीको डाइलाइसिस सेवाको अवधि बढाएको छ । यसअघि दैनिक दुई चरण (सिफ्ट)मा ‘डाइलाइसिस’ सञ्चालन गर्दै आएको अस्पतालले तीन घण्टा समय बढाएर तीन सिफ्ट बनाएको हो । अस्पतालका प्रमुख चिकित्सक डा...
चितवन, २५ साउन । नेपाल नेत्रज्योति सङ्घ चितवनले ठोरीमा सञ्चालन गरेको भरतपुर आँखा अस्पताल ठोरीमा ९० प्रतिशत बिरामी भारतीय हुने गरेका छन् । भारतीय सीमाबाट १०० किलोमिटर टाढादेखि आँखा उपचारका लागि त्यहाँ बिरामी आउने गरेका हुन् । भरतपुर आँखा अस्पताल...
कञ्चनपुर, २५ साउन । महेन्द्रनगरस्थित नेत्रज्योति संघद्वारा सञ्चालित आँखा अस्पतालमा पछिल्लो समय सेवाग्राहीको चाप बढेको छ। उत्कृष्ट सस्तो सेवाका कारण भारतीय आँखाका बिरामी समेत यहाँ उपचार गराउन आकर्षित भइरहेका छन्। अस्पतालले आर्थिक वर्ष २०८१/८२ मा २४ हजार ७८० जनालाई आँखासम्बन्धी...
रसुवा, २३ साउन । गोसाइँकुण्डमा जाने तीर्थयात्रीका लागि उपचार सेवा पु¥याउन धार्मिक मार्गका तीन स्थान र कुण्डको डिलमा समेत गरी चार स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौँको ग्रिनसिटी अस्पताल, पञ्चधाम समिति, हिमालयन उद्धार सङ्घका साथै स्थानीय...
सिरहा, २३ साउन । मातृ तथा नवजात शिशुको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले लहान नगरपालिका–२१ का ६४ जना सुत्केरी र गर्भवतीलाई पोषण प्याकेज वितरण गरिएको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले बिहीबार एक कार्यक्रमका बीच पोषण सामग्री वितरण गर्नुभएको हो । नगरपालिकाले...
ढोरपाटन (बागलुङ), २३ साउन । कानुनले २० वर्षअगावै विवाह गर्न बर्जित गरेको छ । बालविवाह रोक्नका लागि सरकारले पनि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर यसको न्यूनीकरण भने हुनसकेको छैन । सानै उमेरमा विवाह गर्ने र बच्चा...
काठमाडौँ, २२ साउन । नेपालमा नसर्ने मुटु, क्यान्सर र श्वासप्रश्वास सम्बन्धी रोग धेरै देखिने गरेको छ । नसर्ने रोगबारे काम गरिरहेको संस्था नेपाल एनसिडी एलाइन्सका डा मनिता प्याकुरेलले नेपालमा नसर्ने रोग बढ्दै गएको बताउनुभयो । तीमध्ये मुटु, क्यान्सर र श्वासप्रश्वास...
अमृता अनमोल काठमाडौँ, २२ साउन । एउटी महिला आमा बन्नु आफ्ना लागि सन्तान जन्माउनु मात्र होइन, देशका लागि नयाँ नागरिक जन्माउनु पनि हो । त्यसैले गर्भवती र सुत्केरीको सुरक्षाप्रति राज्यले जिम्मेवारी बोध गर्नेगरी काम गर्नुपर्छ । राज्यले गर्भवती र सुत्केरीका...
काठमाडौँ, २२ साउन । जनैपूर्णिमाको अवसरमा रसुवाको गोसाइँकुण्डमा लाग्ने जनैपूर्णिमा मेलामा पुगेका तीर्थयात्रीको उपचारका लागि स्वास्थ्यकर्मीको टोली गोसाइकुण्ड पुगेको छ । रसुवा जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा प्रत्येक वर्ष लाग्ने जनैपूर्णिमा मेलामा पुगेका तीर्थयात्रीको उपचारका लागि विशेषज्ञ...















