स्वास्थ्य / शिक्षा

कक्षा १२ का विद्यार्थीलाई एस्ट्राजेनेका खोप दिइने
-न्युजभित्तो

काठमाडौं,११ भदौ । सरकारले कक्षा १२ का विद्यार्थीलाई एस्ट्राजेनेका खोप दिने भएको छ।  जापानले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराएको खोप मध्येबाट कक्षा १द्द विद्यार्थीलाई खोप दिन लागिएको हो। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले पहिलो चरणमा कोभिसिल्डको पहिलो मात्रा खोप लगाइसकेका...

चितवनमा आज १२४ जनामा कोरोना संक्रमण, थप दुई जनाको मृत्यु
-न्युजभित्तो

चितवन, १० भदौं । चितवनमा आज १२४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनको अनुसार भरतपुर महानगरपालिकामा ७८ जना, खैरहनीमा एक जना, माडीमा २३ जना, रत्ननगर नगरपालिकामा १६ जना, राप्तीमा पाँच जना, कालिकामा एक जना थपिएका हुन् । योसँगै...

निजी अस्पताल खोल्दै क्यान्सर अस्पतालका पूर्व चिकित्सक-कर्मचारीहरु
-न्युजभित्तो

चितवन, १० भदौ । लामो समय वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा पद र प्रतिष्ठामा बसेर राम्रो आय आर्जन गरेका चिकित्सक कर्मचारीहरुले निजी स्तरबाट अस्पताल खोल्ने क्रम बढेको छ । सरकारी क्यान्सर अस्पताललाई कमजोर बनाएर निजी अघि बढाउने उद्देश्यका साथ...

कोभिड–१९ को नक्कली रिर्पोट बनाउने कर्मचारीमाथि छानबिन
-न्युजभित्तो

काठमाडौँ, १० भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ परीक्षणको नक्कली रिर्पोेट बनाइदिने शहीद गङ्गालाल हृदय रोग केन्द्रका कर्मचारीमाथि छानबिन सुरु गरेको छ । मन्त्रालयले केन्द्रको प्रयोगशालामा काम गर्ने वरिष्ठ ल्याब टेक्निसियन विनोदकुमार यादवमाथि कोभिड–१९ को नक्कली रिर्पोट बनाएको आरोपमा...

सप्तरीमा सडकमै चालकको आँखा र रक्तचाप जाँच
-न्युजभित्तो

लहान १० भदौं । राजमार्गमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले सडकमै सवारी चालकको आँखा र रक्तचाप जाँच्न थालेको छ। सप्तरी जिल्ला ट्राफिक कार्यालय र रुपनीस्थित प्रदेश २को प्रहरी अस्पतालले संयुक्तरूपमा पूर्व(पश्चिम राजमार्गमा चल्ने निजी तथा सार्वजनिक सवारी...

बाढी प्रभावितका लागि कोरोनाविरुद्धको खोप आजदेखि
-न्युजभित्तो

सिन्धुपाल्चोक, १० भदौ । हेलम्बु–मेलम्ची बाढी प्रभावित १८ वर्षमाथिका २० हजारका लागि कोरोनाविरुद्धको खोप उपलब्ध गरिएको छ । आजदेखि सर्वसाधारणले लगाउन मिल्ने गरी खोप केन्द्रमा पठाइसकिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागार्इंले जानकारी दिनुभयो । सिन्धुपाल्चोकका बाढी प्रभावित पाँचपाखरी थाङपाल गाउँपालिकाका...

चोकचोकमा एन्टिजिन जाँच
-न्युजभित्तो

बागलुङ, १० भदौ । निषेधाज्ञामा हिँडडुल गर्नेलाई सडकमै रोकेर एन्टिजिन विधिबाट कोरोना जाँच गर्न थालिएको छ । सोमबारदेखि सदरमुकामका चोकचोकमा एन्टिजिन जाँच भइरहेको हो । बुधबार लोकतान्त्रिक चोकमा ९३ जनामा एन्टिजिनबाट कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको बागलुङ...

भेरोसेल खोपको दोस्रो डोज भदौ ११ गतेदेखि काठमाडौंमा लगाइने
-न्युजभित्तो

काठमाडौं,९ भदौ ।  काठमाडौंमा कोभिड–१९ विरुद्धको पहिलो डोज लगाएका नागरिकले भेरोसेलको  दोस्रो डोज भदौ ११ गतेदेखि  लगाउने भएका छन् ।  भदौ ९ गतेदेखि दोस्रो डोज दिने कार्यतालिका बनाए पनि भदौ ५, ६ र ७ गते लगातार तीन दिन सार्वजनिक विदा...

चितवनमा आजएकै दिन ४ जनाको मुत्यु ,१३० जनामा संक्रमण पुष्टी
-न्युजभित्तो

चितवन,९ भदौं । चितवनमा आजएकै दिन कोरोना भाईरसबाट ४ जनाको मुत्यु भएको छ ।  भरतपुर महानगरपालिकामा २ जना तथा रत्ननगर र कालिका नगरपालिकामा १-१ जनाको मुत्यु भएको छ ।चितवनमा कोरोनाबाट मृत्‍यु हुनेको संख्या ३८६ पुगेको छ। चितवनमा पछिल्लो चौबिस घण्टामा...

केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई खोप
-न्युजभित्तो

काठमाडौँ, ९ भदौ । मुलुकको सबैभन्दा पुरानो कारागारका रूपमा रहेको केन्द्रीय कारागार जगन्नाथदेवलका सबै कैदीबन्दीलाई कोरोना खोप लगाइएको छ । विसं १९७१ मा स्थापना भएको उक्त कारागारमा रहेका सबै कैदीबन्दीलाई दुवै खोप लगाइसकिएको कारागारका जेलर वेदनिधि अधिकारीले राससलाई जानकारी...