सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देशभर थप ११४६ जनामा कोरोना पुष्टि, १६६० जना संक्रमणमुक्त


  •    न्युजभित्तो/२५ भाद्र २०७८, शुक्रबार १६:२३ 
  • काठमाडौँ,२५ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा ८५४९ जनामा पिसिआर परिक्षण गर्दा ९६१ जना र २३६७ जनामा एन्टीजेन परिक्षण गर्दा १८५ जना गरी ११४६ जनामा कोरोना भाइरस (-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६६० जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ३६ हजार ६६६ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

    कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट १०९२४ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १।५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ३५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा २५७ जना, ललितपुर जिल्लामा ५६ जना र भक्तपुर जिल्लामा ४१ जनामा कोरोना संक्रमण देखिएको छ ।

    हालसम्म नेपालमा ४० लाख ८ हजार ४६ पिसिआर परीक्षण भएको छ भने ५ लाख ५ हजार १३८ एन्टीजेन परीक्षण गरिएको छ भने २५२ जना क्वारेन्टाइनमा बसेका छन् ।

    हाल देशभर २७ हजार ९५८ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना सक्रिय संक्रमितमध्ये २६ हजार २९६ जना होम आइसोलेसनमा र १६६२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ४५८ जना आईसीयूमा र १४५ जना भेन्टिलेटरमा रहेका छन् ।

    आजसम्म ५७ लाख ४० हजार ३४५ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ५१ लाख २० हजार ८७७ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
    बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    • राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    • कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.