सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सेवा बन्द गरेर बीपी प्रतिष्ठानका चिकित्सक आन्दोलनमा


  •    न्युजभित्तो/२० भाद्र २०७८, आईतवार १४:२३ 
  • काठमाडौं, २० भदौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक काम छाडेर आन्दोलनमा उत्रिएका छन्। चिकित्सक, कमर्चारी काम छाडेर आन्दोलनमा उत्रिएपछि स्वास्थ्य सेवा प्रभावित भएको छ।

    बिपी प्रतिष्ठान शुद्धिकरणको माग गर्दै लामो समयदेखि चिकित्सकहरु आन्दोलनमा छन् । सरकारले गरेका प्रतिवद्धता पूरा नगरेको भन्दै चिकित्सकहरु पुन आन्दोनलमा उत्रिएका हुन् ।

    चिकित्सक र कर्मचारीहरूका जायज मागलाई पूरा गर्न सरकारले आलटाल गरेकाले बाध्य भएर काम छाडी आन्दोलनमा उत्रिनु परेको चिकित्सकहरुले बताएका छन् ।

    चिकित्सकले काम बन्द गरेपछि परीक्षणका लागि आएका बिरामीहरु फर्किएका छन् । चिकित्सकको आन्दोलनका कारण, मेडिसन, सर्जरी, हाडजोर्नी, प्रसुति, नाक कान घाँटी, मानसिक रोग लगायत सबै सेवा प्रभावित भएको छ । प्रतिष्ठानको रेडियोलोजी विभागको सेवा पनि ठप्प भएको छ।

    बीपी प्रतिष्ठानका पदाधिकारीहरू उपकुलपति डा। ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा। गुरु खनाल, रजिष्ट्रार डा। मोहनचन्द्र रेग्मी र निर्देशक गौरीशंकर साहले प्रतिष्ठानमा करोडौं आर्थिक अनियमितता गरेको आरोप आन्दोलनरत चिकित्सकहरुले लगाएका छन् ।

    पदाधिकारी हटाएर प्रतिष्ठान सुधार गर्नुपर्ने माग राखेर चिकित्सक र कर्मचारीहरू करिब ३ महिनादेखि आन्दोलनमा छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.