सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कामना सेवा विकास बैंकको आयोजनामा खुल्ला रक्तदान


  •    न्युजभित्तो/१९ भाद्र २०७८, शनिबार १६:५६ 
  • चितवन १९ भदौ । कामना सेवा विकास बैंक नारायणगढ शाखाको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आज बैंकको लायन्स चोक शाखाको परिषरमा बैंकका कर्मचारी र अन्य गरी ६३ जनाले रक्तदान गरेका हुन् ।

    संस्थागत सामाजिक उत्तरदायित्व बहन अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको बैंकले जानकारी दिएको छ । कार्यक्रममा बोल्दै बैंकका क्षेत्रीय प्रबन्धक सुरेन्द्र भण्डारीले कोरोना जोखिम र निशेधाज्ञाका कारण जिल्लाका अस्पतालहरुमा रगतको अभाव कम गर्न रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । “जिल्लाका अस्पतालहरुमा रगतको अभाव भएको थाहा पायौं, भण्डारीले भने, यो हाम्रो सामाजिक उत्तरदायित्व पनि हो ।” विगतका दिनमा पनि बैंकले सामाजिक कार्य गर्दै आएको र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जाने उहाँको भनाई छ ।

    भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं रेडक्रसका जिल्ला सदस्य महेश्वर थपलिया प्रमुख अतिथिको हुनुहुन्थ्यो । कार्यक्रमको संयोजन विन्दु सिंजाली मगरले गर्नुभएको हो। बैंकको हालसम्म देशभर १२९ वटा शाखा, एक एक्सटेन्सन काउन्टर र ७५ वटा एटिएम रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.