सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मौसमी परिवर्तनका कारण चितवनका अस्पतालमा भाइरल ज्वरोका बिरामी बढे


  •    न्युजभित्तो/२५ भाद्र २०७८, शुक्रबार १०:३५ 
  • चितवन, २५ भदौ । यहाँका अस्पतालमा ज्वरोका बिरामीको सङ्ख्या बढेका छन् । भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीको सङ्ख्या बढेको हो । मौसम परिवर्तन भएसँगै अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप बढेको हो ।

    भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार अहिले अस्पतालमा उपचार गराउन आउनेमध्ये जनरल मेडिसिन विभागमा आउने बिरामीको सङ्ख्या १०० भन्दा बढी छ । पहिलेको तुलनामा यो सङ्ख्या बढी हो । लक्षण कारोनासँग मिल्दोजुल्दो भएको तर कोरोना नभई भाइरल ज्वरो रहेको उहाँले जानकारी दिनुभयो ।

    भरतपुर अस्पतालको जनरल मेडिसिनमा अहिले दैनिक २०० को हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् । तीमध्ये ६० प्रतिशत ज्वरो र मौसमी रुघाखोकीका बिरामी आउने गरेका उहाँले बताउनुभयो ।

    मौसममा परिवर्तन हुने समय र नियमित वर्षाका कारण पानी दूषित हुँदा बिरामीको चाप बढेको भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कालिदास अधिकारीले बताउनुभयो । अहिले ज्वरो र मौसमी रुघाखोकीका बिरामी पहिलेको तुलनामा बढ्दै गएको उहाँको भनाइ छ । गत एक सातायतादेखि बिरामीकोे चाप बढ्दै गएको हो ।

    अस्पतालमा आएका बिरामीमध्ये अधिकांश दुई–तीन दिनदेखि उच्च ज्वरो आएका रहेका छन् । यस्तै भाइरल ज्वरोका बिरामी बालबालिकाको सङ्ख्या पनि अहिले उच्च छ । अस्पतालमा आउने बालबालिकामध्ये ७० देखि ८० प्रतिशत भाइरल ज्वरोका बिरामी छन् । बालबालिकामा पनि अहिले उच्च ज्वरो, निमोनिया र रुघाखोकीको समस्या देखिएको अस्पतालले जनाएको छ ।

    पाँच वर्षमुनिका बच्चामा ज्वरो र मौसमी रुघाखोकीको समस्या बढी देखिएको अस्पतालका बालरोग विशेषज्ञ डा युवानिधि बशौैलाले जानकारी दिनुभयो । कोभिडका कारण बालबालिकालाई पूर्णखोप लगाउन नपाउँदा यस्तो समस्या देखिएको उहाँको भनाइ छ । अहिलेको समयमा झोलिलो पदार्थ, सागपात, फलफूलजस्ता पोषणयुक्त खानेकुरामा बढी जोड दिन चिकित्सकले सुझाएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँमा पनि सौराहा सुनसान, आन्तरिक पर्यटकको आगमन कमजोर
    आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    • ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.