सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पोखरा वृद्धाश्रमलाई अक्सिजन हस्तान्तरण


  •    न्युजभित्तो/२७ भाद्र २०७८, आईतवार ११:०१ 
  • गण्डकी, २७ भदौ । रोटरी क्लब अफ पोखराले सीतापाइलास्थित पोखरा वृद्धाश्रमलाई अक्सिजन मेसिन उपलब्ध गराएको छ । अमेरिकामा निर्मित सो मेसिनले प्रतिघण्टा १० लिटर अक्सिजन उत्पादन गर्न सक्ने जनाइएको छ । क्लबका अध्यक्ष निर्मल कर्माचार्यले आश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीलाई सो उपकरण हस्तान्तरण गर्नुभयो । कार्यक्रममा अध्यक्ष कर्माचार्यले शिक्षा र स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको रोटरीले यसअघि पोखरा–१७ नगर स्वास्थ्यचौकी, डेभिजफल युवा क्लब, भलाम, निर्मलापोखरी, भरतपोखरीलगायत मुस्ताङमा समेत आवश्यकताअनुसार अक्सिजन सिलिन्डरसमेत वितरण गरेको जानकारी दिनुभयो ।

    उहाँका अनुसार क्लबको रु आठलाख सहयोगमा मुटुरोग उपचारका लागि पश्चिमाञ्चाल क्षेत्रीय अस्पताल पोखरामा ‘क्याथ ल्याब’ स्थापना गरी सञ्चालनको तयारी गरिएको छ । यसैगरी महिलाका सहभागितामा रु १० लाख मास्क उत्पादन गरी कास्कीका विद्यालयलाई निःशुल्क वितरण गर्ने लक्ष्य रहेको बताइएको छ । क्लबले स्तन क्यान्सरका बिरामीका उपचारमा समेत सहयोग गर्ने अभियान सञ्चालन गरेको उहाँको भनाइ छ ।

    वृद्धाश्रमका अध्यक्ष पराजुलीले आश्रममा ५५ आश्रित रहेका जानकारी दिँदै उनीहरुलाई कोभिडविरुद्धको खोप लगाएको बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस पोखरा–१७ एकाइ सभापति देवराज आचार्य, पुण्डरी बराल, माधव बराल, सञ्चारकर्मी हरि बाँस्तोला, समाजसेवी श्यामप्रसाद शर्मालगायतले समाज सेवामा सामूहिक सहकार्य आवश्यक रहेको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपालगञ्ज–दिल्ली उडानका लागि प्रयास गर्न आग्रह
    राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा चितवनका नेताहरूको वर्चस्व: शीर्ष पदमा तीन सांसद निर्वाचित
    प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग
    • रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    • रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    • विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.