चितवन सेरोफेरो

बजेटले उद्योगमा पारेको प्रभाव विषयमा अन्तरक्रिया

खैरहनी । चितवन उद्योग संघ खैरहनी इकाई समितिको आयोजनामा आर्थिक वर्ष ०७६÷०७७ को बजेटले उद्योगमा पारेको प्रभावको विषयमा छलफल तथा उद्योगीहरु र सम्बन्धित सरोकारवाला निकायबीच अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरी, चितवन उद्योग...

प्रदेश नं ३ मा तीन नाका खोल्ने तयारी

कालिका खड्का/रासस काठमाडौँ । प्रदेश नं ३ को नामकरण गर्ने र राजधानी कहाँ राख्ने भन्ने विषयमा अझै पनि टुङ्गो लाग्न सकेको छैन । प्रदेशको नामकरण गर्ने विषयमा अहिले निकै चर्चा चलेको छ । प्रदेशसभामा दर्ता भएको प्रदेशको नाम गौरीशङ्कर,...

चितवन माविद्वारा झण्डै तीन सय छात्रालाई छात्रवृत्ति वितरण

चितवन । चितवनको सबैभन्दा पुरानो विद्यालय चितवन माध्यमिक विद्यालयले नेपाल सरकारको कार्यक्रम अन्तर्गत आज विद्यालयमा छात्रवृत्ति वितरण गरेको छ । विद्यालयले विद्यालयको क्यालेण्डरमा उल्लेख भएअनुसार कक्षा १ देखि ८ सम्म अध्ययनरत सबै छात्राहरुलाई जनही चार सय रुपैयाँ दरले छात्रवृत्ति वितरण...

रङ्गशाला निर्माणमा सहयोग गर्न सरकार तयार छ : खेलकुदमन्त्री विश्वकर्मा

चितवन । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले रामपुरमा बन्दै गरेको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ । भरतपुर महानगरपालिका– १५ मा धुर्मुस– सुन्तली फाउण्डेसनको समन्वयमा निर्माण हुँदै गरेको रङ्गशालाको आज निरीक्षणका क्रममा उहाँले विकास र...

भरतपुर आँखा अस्पताललाई लायन्स क्लब इन्टरनेशनल फाउण्डेशनले दियो उपकरण

चितवन । लायन्स क्लब इन्टरनेशनल फाउण्डेशनले यहाँको  भरतपुर आँखा अस्पताललाई दुई महत्वपूर्ण उपकरण हस्तान्तरण गरेको छ । नेपाल नेत्रज्योति सङ्घले शुक्रबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा ती उपकरण हस्तान्तरण गरिएको हो । फाउण्डेशनका तर्फबाट यस परियोजनाका प्राविधिक सल्लाहकार चिकित्सा विज्ञान राष्ट्रिय...

अवरुद्ध पृथ्वी राजमार्गमा लेदो माटो हटाएर यातायात सञ्चालन

चितवन । पृथ्वी राजमार्गको मौवाखोला नजिकै पर्ने जवाङ खोलामा भारी वर्षासँगै खसेको लेदो माटो हटाएर यातायात सञ्चालन गरिएको छ । विहान साढे ३ बजेदेखि अवरुद्ध यातायात सडकमा खसेको लेदो माटो पन्छाएर सवा आठ बजेदेखि सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय,...

चितवन राष्ट्रिय निकुञ्जका पूर्वकर्मचारीको संरक्षणप्रति चिन्ता

चितवन । चितवन राष्ट्रिय निकुञ्ज प्रशासन र सुरक्षार्थ खटिएको सेनामा रहेर कामको अनुभव वटुलेका पूर्वकर्मचारी र सुरक्षाकर्मीले वन तथा वन्यजन्तु संरक्षणको दायित्व आफूहरुमा पनि रहेको बताएका छन् । निकुञ्जले मुख्य कार्यालय कसरामा बिहीबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरुले अवकाश प्राप्त...

जनप्रतिनिधिसँगको मैत्रीपूर्ण फुटबलमा पत्रकार ११ विजयी

चितवन । चितवनको भरतपुरमा आयोजित मैत्रीपूर्ण फुटबल खेलमा पत्रकार ११ विजयी भएको छ । पत्रकार ११ ले ५–३ गोल अन्तरले जनप्रतिनिधि ११ माथी जीत हासिल गरेको हो । भोलि शुक्रबारदेखि भरतपुरमा सुरु हुने पाँचौँ चितवन च्याम्पिएनसिपको पूर्वसन्ध्यामा बिहीबार पत्रकार...

‘एएफयु’ का निजी क्याम्पसका विद्यार्थीको रजिष्ट्रेशन हुने

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) रामपुरले भर्ना नगर्न निर्देशन दिँदादिँदै विद्यार्थी भर्ना गराएका निजी सात क्याम्पसमा अध्ययनरत विद्यार्थीले मान्यता पाउने भएका छन् । ती क्याम्पसले सर्वोच्च अदालतको साहरामा विद्यार्थी भर्ना गराएका थिए । सर्वोच्च अदालतले भर्ना लिएका विद्यार्थीको...

बाँदरमुढेमा स्मृति उद्यान बनाइने, १२ करोड रुपैयाँको डिपिआर तयार

रत्ननगर । चितवन माडीको बाँदरमुढे घटनाका मृतकको सम्झनामा स्मृति उद्यान बनाइने भएको छ । घटना भएको ठाउँदेखि ५ सय मिटर पश्चिमपट्टिको विद्यालयको तीन बिघा क्षेत्रफलमा उद्यान बनाउन लागिएको हो । माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले बाँदरमुढे घटना भएको क्षेत्रलाई...