सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बजेटले उद्योगमा पारेको प्रभाव विषयमा अन्तरक्रिया


  •    /२५ जेष्ठ २०७६, शनिबार २२:१९ 
  • खैरहनी । चितवन उद्योग संघ खैरहनी इकाई समितिको आयोजनामा आर्थिक वर्ष ०७६÷०७७ को बजेटले उद्योगमा पारेको प्रभावको विषयमा छलफल तथा उद्योगीहरु र सम्बन्धित सरोकारवाला निकायबीच अन्तरक्रिया सम्पन्न भएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरी, चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी, नेपाल विद्युत प्राधिकरण टाँडी शाखाका प्रमुख चुतन श्रीवास्तव, नेपाल टेलिकम रत्ननगरका प्रमुख जुजुभाई श्रेष्ठ, सशस्त्र प्रहरी बल भण्डाराका डिएसपी पुग्रेली शेर्पा, इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख धनदेव साउदलगायतले उद्योग सञ्चालनका क्रममा विद्युत, इन्टरनेट, खानेपानी, बाटो, ढल निकास जस्ता समस्याको कसरी समाधान गर्ने भन्ने विषयमा प्रष्ट्याउनुभएको थियो ।

    सोही अवसरमा चितवन उद्योग संघका परियोजना प्रमुख इन्जिनियर रोचक अधिकारीले उद्योगीहरुको भौगोलिक एवम् वस्तुगत नक्साङ्कनलाई आधार बनाई तयार पारेको परियोजना प्रस्ताव पेश गर्नुभएको थियो । जिपिएस प्रविधिद्वारा त्यस क्षेत्रका उद्योगहरुको स्थान पहिचान, उद्योग संख्या र यथार्थ विवरण पत्ता लाग्ने समेत जानकारी गराईएको थियो । उक्त परियोजना प्रस्ताव खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीलाई सुझाव एवम् कार्यान्वयनका लागि पेश गरिएको थियो ।

    कार्यक्रममा चार्टर एकाउन्टेन्ट निशान पौडेलले कर, भ्याट, मूल्य अभिवृद्धि कर, बजेटले उद्योग क्षेत्रमा पार्ने प्रभाव र समीक्षाको सम्बन्धमा प्रस्तुतिकरण गर्नुभएको थियो । अन्तरक्रिया कार्यक्रम चितवन उद्योग संघ खैरहनी ईकाई समितिका संयोजक प्रतिभा श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन
    राहुघाटको २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा
    पर्यटकका आर्कषणमा ऐना पहरा
    • बिमाले तोकेको भन्दा औषधिको बजार मूल्यमा ठूलो अन्तर
    • धापखर्कका १३ घरमा पानीको अभाव
    • सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव
    • नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.