सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जनप्रतिनिधिसँगको मैत्रीपूर्ण फुटबलमा पत्रकार ११ विजयी


  •    /२३ जेष्ठ २०७६, बिहीबार १९:४२ 
  • चितवन ।

    चितवनको भरतपुरमा आयोजित मैत्रीपूर्ण फुटबल खेलमा पत्रकार ११ विजयी भएको छ । पत्रकार ११ ले ५–३ गोल अन्तरले जनप्रतिनिधि ११ माथी जीत हासिल गरेको हो ।

    भोलि शुक्रबारदेखि भरतपुरमा सुरु हुने पाँचौँ चितवन च्याम्पिएनसिपको पूर्वसन्ध्यामा बिहीबार पत्रकार ११ र जनप्रतिनिधि ११ बीच मैत्रीपूर्ण फुटबल खेलाइएको थियो । सो खेलमा पहिलो हाफमा पत्रकार ११ र जनप्रतिनिधि ११ ले २–२ को बराबरीमा खेलेका थिए । खेलको दोस्रो हाफमा पत्रकार ११ ले ३ गोल थप गर्दा जनप्रतिनिधि ११ ले एक गोल मात्रै थप्न सक्यो ।


    हनामी पाँचौँ चितवन च्याम्पियनसिप अन्तरगत शुक्रबारदेखि प्रतियोगितात्मक खेल हुने आयोजक एभरेष्ट फुटबल क्लबका अध्यक्ष अशोक देवकोटाले जानकारी दिए । सो प्रतियोगिताको उद्घाटन नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले गर्ने सल्लाहकार सन्तोष पनेरुले बताए ।

    ‘युवाहरुको बाटो कुलत र दुव्र्यसन होइन, चेतना समाज विकास र राष्ट्र निर्माण हो’ भन्ने नाराका साथ आयोजना गरिएको पाँचौँ चितवन च्याम्पियनसिपमा आठ वटा स्थानीय सहित १६ टिमले प्रतिस्पर्धा गर्न लागेका हुन् ।

    प्रतियोगिताको विजेताले उपाधिसहित तीन लाख रुपैयाँ नगद तथा मेडल र प्रमाणपत्र पाउनेछ । प्रतियोगिताको उपविजेताले एक लाख ५० हजार रुपैयाँका साथै मेडल एवम् प्रमाणपत्र पाउनेछ भने तेस्रो हुने समूहले ५० हजार रुपैयाँका साथै मेडल एवम् प्रमाणपत्र पुरस्कार स्वरुप प्राप्त गर्नेछ ।

    सो प्रतियोगितामा बेस्ट डिफेन्स, बेस्ट मिड फिल्डर, उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्तालाई १०÷१० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने एभरेष्ट क्लबका सल्लाहकार सन्तोष पनेरुले जानकारी दिए । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद २० हजार रुपैयाँ प्रदान गरिने छ ।


    असार ७ गतेसम्म भरतपुरको जुनियर प्रहरी अधिकृत शिक्षालयमा हुने प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा हनामी इन्टरनेशनल एजुकेशन, सह–प्रायोजकको रुपमा अल्फाबिटा चितवन र स्पोर्टस् वेयर क्लेम रहेका छन् । प्रतियोगिताको दोस्रो पुरस्कार प्रायोजक ध्रुव बजार व्यवस्थापन समिति तथा तेस्रो पुरस्कारको प्रायोजन ग्लोबल स्टार इन्जिनीयरिङ कन्सल्टेन्सीले गरेको छ ।

    प्रतियोगिताको उत्कृष्ट खलाडी प्रायोजक मनकामना अस्पताल प्रालि, टिकट प्रायोजक ग्रेस इन्टरनेशनल एजुकेशन तथा सहयोगी संस्थाको रुपमा पुष्पाञ्जली अस्पताल प्रालि तथा नेपाल पोलिटेक्निक इन्स्टिच्युट रहेका छन् ।

    प्रतियोगिता अन्तर्गत पुरस्कारका लागि पाँच लाख ६० हजार रुपैयाँ छुट्याइएको छ भने प्रतियोगितामा सहभागी हुने सबै टिमका लागि प्रति खेल पाँच हजार रुपैयाँका दरले यातायात खर्च प्रदान गरिने छ । फिफा नियमअनुसार खेलाइने सो प्रतियोगिता अवलोकनका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पार्टीमा देखिएका समस्यालाई समाधान निकाल्न नेतृत्व सक्षम छ: उपाध्यक्ष पौडेल
    चितवनको माडीमा प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध
    १० वर्ष कोरिया बसेर स्वदेश फर्केका रामप्रसाद कृषि पेशामा,वार्षिक आठदेखि १० लाख आम्दानी
    • नेता शास्त्रीको निधनमा कांग्रेसले तीनदिन शोक मनाउने
    • कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै
    • राप्ती नगरपालिकामा पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा
    • रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.