सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अवरुद्ध पृथ्वी राजमार्गमा लेदो माटो हटाएर यातायात सञ्चालन


  •    /२४ जेष्ठ २०७६, शुक्रबार ०८:५८ 
  • चितवन । पृथ्वी राजमार्गको मौवाखोला नजिकै पर्ने जवाङ खोलामा भारी वर्षासँगै खसेको लेदो माटो हटाएर यातायात सञ्चालन गरिएको छ । विहान साढे ३ बजेदेखि अवरुद्ध यातायात सडकमा खसेको लेदो माटो पन्छाएर सवा आठ बजेदेखि सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय, चितवनले जानकारी दिएको छ ।

    पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्डको जवाङखोलामा आज बिहान सडकमाथिबाट खसेको लेदोमाटोले सडक अवरुद्ध हुँदा सयौँ सवारी साधन रोकिएका थिए । चितवन र धादिङको सिमानामा पर्ने जवाङखोलामा वर्षा भएपछि लेदोमाटो खस्ने गरेको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार बिहान साढे ३ बजे पहिरो खसेको थियो । डोजरको सहायताले पहिरो पन्छाउने काम गरिएको प्रहरीले जनाएको छ । सडक अबरुद्ध भएपछि सयौँ सवारीसाधन जाममा परेका कारण हजारौँ यात्रु अलपत्र परेका थिए ।

    राजमार्ग अवरुद्ध भएपछि सवारी साधनको ४/५ किलोमिटर लामो जाम परेको थियो । दुईतर्फी सवारी साधन चलेका भएपनि लामो जाम भएका कारण ती सवारीका साधन पार हुन केही समय लाग्ने प्रहरीले जनाएको छ ।

    (तस्विर सौजन्य : पत्रकार दानबहादुर गुरुङ)

    थप तस्विरहरु :

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    • चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.