सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन माविद्वारा झण्डै तीन सय छात्रालाई छात्रवृत्ति वितरण


  •    /२४ जेष्ठ २०७६, शुक्रबार २०:४० 
  • चितवन । चितवनको सबैभन्दा पुरानो विद्यालय चितवन माध्यमिक विद्यालयले नेपाल सरकारको कार्यक्रम अन्तर्गत आज विद्यालयमा छात्रवृत्ति वितरण गरेको छ ।

    विद्यालयले विद्यालयको क्यालेण्डरमा उल्लेख भएअनुसार कक्षा १ देखि ८ सम्म अध्ययनरत सबै छात्राहरुलाई जनही चार सय रुपैयाँ दरले छात्रवृत्ति वितरण गरेको हो । यसरी छात्रवृत्ति पाउने छात्रा २ सय ७३ जना रहेका छन् ।

    यसैगरि कक्षा ९ र १० मा अध्ययनरत दलित समुदायका छात्राहरुलाई पनि जनही पाँच सय रुपैयाँका दरले छात्रवृत्ति वितरण गरिएको शिक्षक अच्युत पौडेलले जानकारी दिनुभयो । कक्षा ९ र १० मा अध्ययनरत दलित समुदायका २३ जना छात्राहरुले छात्रवृत्ति पाएका छन् ।

    छात्रवृत्ति वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लिराम लामिछाने ‘मिलन’ले विद्यालयले उपलब्ध गराएको छात्रवृत्ति रकम सहि काममा सदुपयोग गर्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । उहाँले यस्ता प्रोत्साहनका अन्य कार्यक्रमहरु पनि ल्याउने बताउनुभयो । विद्यालयका प्रधानाध्यापक मुक्तिनाथ लामिछानेले छात्रवृत्ति र कार्यक्रमको औचित्यबारे प्रकाश पार्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बुढाथोक घरबासः परम्परागत घरमा स्थानीय परिकार
    नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
    मुस्ताङका किसानलाई मौरीसहितका घार वितरण
    • राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक
    • अध्यक्ष ओलीको पत्थरीको शल्यक्रिया
    • अधिकाशं सेवालाई निःशुल्क गरिएपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आर्थिक समस्यामा
    • कोरलानाकामा जिप दुर्घटनामा चालक घाइते

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.