सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘एएफयु’ का निजी क्याम्पसका विद्यार्थीको रजिष्ट्रेशन हुने


  •    /२३ जेष्ठ २०७६, बिहीबार १९:२९ 
  • चितवन ।
    कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) रामपुरले भर्ना नगर्न निर्देशन दिँदादिँदै विद्यार्थी भर्ना गराएका निजी सात क्याम्पसमा अध्ययनरत विद्यार्थीले मान्यता पाउने भएका छन् । ती क्याम्पसले सर्वोच्च अदालतको साहरामा विद्यार्थी भर्ना गराएका थिए ।

    सर्वोच्च अदालतले भर्ना लिएका विद्यार्थीको रजिष्ट्रेशन गर्न विश्वविद्यालयलाई आदेश गरेपछि उनीहरुले मान्यता प्राप्त गर्ने भएका हुन । यससँगै विश्वविद्यालय ती विद्यार्थीको रजिष्ट्रेशन गर्न बाध्य भएको छ ।

    विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकालले सर्वोच्चको आदेशलाई बेवास्ता गरेर जाने अवस्था नरहेको बताउनुभयो । ती क्याम्पसले १५० जति विद्यार्थी भर्ना गराएको ढकालले जानकारी दिनुभयो ।

    विश्वविद्यालयले सम्बन्धन दिएका आठमध्ये पूर्वाञ्चल कृषि क्याम्पस झापा, जीविका कृषि विज्ञान कलेज इटहरी, भ्याली कृषि क्याम्पस ललितपुर, गोर्खा युनाइटेड पब्लिक स्कूल कोहलपुर, ब्राइट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पस सुर्खेत र रामनगर टेक्निकल एण्ड म्यानेजमेन्ट कलेज भूमहीले विद्यार्थी भर्ना लिएर कृषि विषय पढाउँदै आएका छन् ।

    यसैगरी सिद्धान्त कलेज गैँडाकोटले वन स्नातक विषयको पठनपाठन गर्दै आएको छ । विश्वविद्यालयले सम्बन्धन दिएको गैँडाकोटको हिमछायाँ कलेजले भने अदालती प्रक्रियामा नगएकाले विद्यार्थी भर्ना लिएको छैन ।

    ती क्याम्पसले ५० विद्यार्थी पढाउने अनुमति पाएको भए पनि विद्यार्थी भने कम मात्रै पाएका छन् । गत वर्षको असारमा विश्वविद्यालयले ती क्याम्पसलाई सम्बन्धन दिएकोमा चौतर्फी आलोचना भएपछि मन्त्रिपरिषद् बैठकले सम्बन्धन खारेज गरेको थियो ।

    विश्वविद्यालय बाध्य भएर अनुमति दिएका क्याम्पसलाई भर्ना खुलाएर पनि पछि संशोधन गरी निजीका लागि भर्ना रोकेको थियो । त्यसको विरोधमा निजी क्याम्पस सञ्चालक सर्वोच्च पुगेका थिए । सर्वोच्चले भर्ना प्रक्रिया अघि बढाउन आदेश दिएअनुसार नै निजी क्याम्पसले भर्ना शुरु गरी पठनपाठन प्रक्रिया अघि बढाएको ब्राइट मध्यपश्चिम कलेजका सञ्चालक बखत भण्डारीले बताउनुभयो ।

    निजी क्याम्पसले कृषि तथा वन विज्ञान विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा उत्तीर्ण भएका विद्यार्थीलाई भर्ना लिएर पठनपाठनको प्रक्रिया अघि बढाएको हो । भण्डारीले सर्वोच्चको आदेशसँगै विश्वविद्यालयको अधिकार स्थापित भएको बताउनुभयो । यससँगै विश्वविद्यालय र निजी क्याम्पसबीचमा देखिएको समस्या पनि समाधान भएको उहाँको भनाइ थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    • मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.