सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित


  •    न्युजभित्तो/२४ कार्तिक २०८३, सोमबार ११:०७ 
  • चितवन, २३ कात्तिक । चितवनका निर्माण व्यवसायी भिष्म अधिकारी नेपाल निर्माण व्यवसायी महासंघको विशेष आमन्त्रित सदस्यमा मनोनित हुनुभएको छ । नेपाल निर्माण व्यवसायी महासंघले महासंघको विधानको परिच्छेद–७ को दफा २५ (झ) बमोजिम अधिकारीलाई महासंघको कार्यसमितिको विशेष आमन्त्रित सदस्य पदमा मनोनित गरेको हो ।

    महासंघका अध्यक्ष निकोलस पाण्डेले मनोनयनसम्बन्धी पत्र अधिकारीलाई हस्तान्तरण गर्नुभएको छ । चितवनको निर्माण व्यवसाय क्षेत्रमा लामो समयदेखि सक्रिय अधिकारीले यसअघि निर्माण व्यवसायी संघ चितवनको कार्यसमिति सदस्यका रूपमा एक कार्यकाल काम गरिसक्नुभएको छ । त्यसैगरी, उहाँले संघको महासचिवको जिम्मेवारीसमेत एक कार्यकाल सफलतापूर्वक निर्वाह गर्नुभएको थियो ।

    स्थानीय तहबाट निर्माण व्यवसायीको संस्थागत नेतृत्वमा अनुभव हासिल गर्नुभएका अधिकारीको महासंघको केन्द्रीय तहमा भएको मनोनयनलाई चितवनको निर्माण व्यवसाय क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । जिल्ला तहमा रहेर निर्माण व्यवसायीका हकहित, व्यावसायिक समस्या तथा संस्थागत गतिविधिमा आफूले काम गरेको बताउँदै उहाँले अब केन्द्रीय तहमा रहेर व्यवसायीका साझा सवाल उठाउने अवसर प्राप्त भएको बताउनुभयो ।

    महासंघका संस्थाका गतिविधि तथा कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सक्रिय सहभागिता हुने उहाँले बताउनुभयो । मनोनयन पत्रमा महासंघको प्रतिष्ठा अभिवृद्धि तथा संस्थागत गतिविधिमा उहाँको सक्रिय सहभागिताको अपेक्षासहित सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।

    चितवनबाट निर्माण व्यवसायीको नेतृत्व गर्दै महासंघको केन्द्रीय संरचनामा पुग्नुभएका अधिकारीको मनोनयनले जिल्लाका निर्माण व्यवसायीमा उत्साह थपेको छ ।

    अधिकारी भरतपुरस्थित सेभ इञ्जिनियरिङ्ग कन्स्ट्रक्सन प्रा.लि.का सञ्चालक हुनुहुन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    डिडिसीको बिक्री कक्ष भरतपुरमा
    भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती
    • यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    • तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    • प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.