सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन राष्ट्रिय निकुञ्जका पूर्वकर्मचारीको संरक्षणप्रति चिन्ता


  •    /२३ जेष्ठ २०७६, बिहीबार १९:५४ 
  • चितवन । चितवन राष्ट्रिय निकुञ्ज प्रशासन र सुरक्षार्थ खटिएको सेनामा रहेर कामको अनुभव वटुलेका पूर्वकर्मचारी र सुरक्षाकर्मीले वन तथा वन्यजन्तु संरक्षणको दायित्व आफूहरुमा पनि रहेको बताएका छन् ।

    निकुञ्जले मुख्य कार्यालय कसरामा बिहीबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरुले अवकाश प्राप्त जीवनमा आफूहरुको ज्ञान, सीप र अनुभवको उपयोग गरी संरक्षणमा जुट्न बहालवाला कर्मचारी र सुरक्षा निकायलाई आग्रह गरेका थिए ।

    वर्षातको समयमा चोरी शिकारी हुन सक्ने भन्दै पूर्वकर्मचारीसँग निकुञ्जले अन्तरक्रिया गरेको हो । सो अवसरमा निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामप्रित यादवले संरक्षण जीवनसँग सम्बन्धित रहेको भन्दै संरक्षण बिना अस्तित्व सम्भव नरहेको बताउनु्भयो । उहाँले पूर्वकर्मचारी र सुरक्षाकर्मीको भूमिका संरक्षणमा महत्वपूर्ण हुने बताउनुभयो ।

    भूपु सैनिक संरक्षण सञ्जालका संयोजक पूर्वसेनानी शेरबहादुर घर्ती मगरले निकुञ्जले भन्दा पनि आफूहरुलाई संरक्षण प्रति चिन्ता र दायित्वबोध हुने गरेको भन्दै सबैलाई संरक्षणमा जुट्न आग्रह गर्नुभयो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले समय परिस्थिति बदलिएको भन्दै जिम्मेवार रुपमा सबै एक भएर संरक्षणमा लाग्नुपर्ने बताउनुभयो ।

    उहाँले पूर्वकर्मचारी र सुरक्षाकर्मीको भूमिका महत्वपूर्ण हुने भन्दै अनुभव आदान प्रदानका लागि आग्रह गर्नुभयो । निकुञ्ज सुरक्षार्थ खटिएको वटुकदल गणका गणपति समुन्द्र थापाले भूपुहरु संरक्षणको आँखा र कान भएको भन्दै संरक्षणमा सहयोगको आह्वान गर्नुभयो । निकुञ्ज प्रशासन र सेनाको विभिन्न पद र गणमा रहेर काम गरेका १५० जना पूर्वकर्मचारी र सुरक्षाकर्मी कार्यक्रममा सहभागी थिए ।  रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सडक कालोपत्रको माग गर्दै सिन्धुलीमा ‘जुनार महोत्सव’
    खेलकुद सप्ताह सुरु, दुई खेलाडीलाई नगदसहित सम्मान
    मदेइरामा सञ्चालित शिविरबाट १०० जनालाई कूटनीतिक सेवासहित १८ लाख राजस्व सङ्कलन
    • एमाले महाधिवेशनमा १६ राजनीतिक दललाई निमन्त्रणा
    • भ्रष्टाचार नियन्त्रण आफँैबाट सुरु गर्न युवा पुस्ताको जोड
    • भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल
    • सानिमा जुम खोला हाइड्रोपावरमा कार्यरत एक मजदुरको मृत्यु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.