चितवन, २१ कात्तिक । विद्युतीय सवारीसाधन (ईभी) प्रयोगकर्तालाई सहज र छिटो चार्जिङ सेवा उपलब्ध गराउने उद्देश्यसहित चितवनको नारायणगढस्थित बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । चार्जिङ सुविधासँगै भेज क्याफे, लाउन्ज र कार वास सेवा पनि एकै स्थानबाट उपलब्ध गराउने गरी नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याईउको हो ।
स्टेसनका सञ्चालक सन्तोष अर्यालका अनुसार शनिबार धार्मिक विधि अनुसार पूजापाठ गरेर सेवाको शुभारम्भ गरिएको हो । क्यानडाको आफ्नो अनुभवलाई समेत उपयोग गरी यहाँ चार्जिङ स्टेसन सहितको क्याफे सञ्चालन गरिएको अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो “हामीले पहिलो पटक चितवनमा अत्याधुनिक १० नोजलको चार्जिङ स्टेसन स्थापना गरेका हौं ।” शाकाहारी खानाप्रतिको आकर्षण बढ्दै गएको भन्दै उहाँले यसलाई मध्यनजर गर्दै पूर्ण शाकाहारी क्याफेल समेत सञ्चालन गरिएको बताउनुभयो । उहाँले थप्नुभयो “यो स्पिड चार्जर चितवनमा पहिलो हो । गाडीको क्षमता जति छ, त्यति नै पावर दिन सक्छ ।” यस अघि डिसी चार्जर मात्रै बजारमा आउने गरेकोमा चीनले पहिलो पटक निकालेको स्पिड चार्जर आफूहरुले जडान गरेको उहाँको भनाई छ । ४८० किलोवाटसम्मको पावर दिन सक्ने चितवनमा नै पहिलो भएको उहाँको भनाई छ ।
एकै पटक १० वटा गाडी चार्ज गर्न सक्ने यस स्टेसनमा ३० देखि ४५ मिनेटमा एउटा गाडी चार्ज भईसक्ने उहाँले बताउनुभयो । ‘फास्ट ईभी चार्जिङ स्टेसन’ नामबाट सञ्चालनमा आएको केन्द्रमा विद्युतीय सवारीसाधन चार्ज गर्न आउने ग्राहकलाई लक्षित गरी विभिन्न सुविधासमेत उपलब्ध गराइने उहाँको भनाई । चार्जिङका लागि सवारीसाधन राखेको समयमा यात्रु तथा चालकले आराम गर्न, खानपिन गर्न र समय बिताउन सक्ने गरी क्याफे तथा लाउन्जको व्यवस्था गरिएको छ।
केन्द्रमा तीव्र गतिमा विद्युतीय सवारीसाधन चार्ज गर्न सकिने फास्ट ईभी चार्जिङ सुविधा रहनेछ। पछिल्लो समय नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएको अवस्थामा चार्जिङका लागि आवश्यक पूर्वाधार र यात्रुका लागि अतिरिक्त सुविधासमेत उपलब्ध गराउने उद्देश्यले सेवा केन्द्र स्थापना गरिएको अर्का सञ्चालक शोभा पुडासैनीले बताउनुभयो ।
चार्जिङ स्टेसनमा क्याफे तथा रिफ्रेसमेन्टको सुविधा पनि रहेको भन्दै उहाँले यात्राका क्रममा चार्जिङका लागि केही समय बिताउनुपर्ने ईभी प्रयोगकर्ताले कफी, खाजा तथा अन्य पेय पदार्थको स्वाद लिन सक्ने बताउनुभयो। त्यसैगरी, आराम गर्न चाहने ग्राहकका लागि छुट्टै लाउन्ज एरिया निर्माण गरिएको छ।
यसका अतिरिक्त केन्द्रमा कार वास सेवा पनि सञ्चालन गरिएको छ। यसले ग्राहकलाई एउटै स्थानमा सवारीसाधन चार्ज गर्ने, सरसफाइ गर्ने तथा आफूलाई आवश्यक खानपिन र आरामको सुविधा प्राप्त गर्ने अवसर मिल्ने पुडासैनीले बताउनुभयो ।
विशेषगरी लामो दूरीको यात्रा गर्ने विद्युतीय सवारीसाधनका चालक तथा यात्रुका लागि यस्तो एकीकृत सेवा केन्द्र उपयोगी हुने अपेक्षा गरिएको छ। चार्जिङका लागि छुट्याउनुपर्ने समयलाई आराम र खानपिनसँग जोडेर ग्राहकलाई थप सहज अनुभव प्रदान गर्ने उहाँले बताउनुभयो ।
चार्जिङ स्टेसन, क्याफे, लाउन्ज र कार वासलाई एउटै परिसरमा समेटिएको यो केन्द्रले नारायणगढ क्षेत्रमा विद्युतीय सवारीसाधन प्रयोगकर्तालाई थप सुविधा उपलब्ध गराउने विश्वास गरिएको छ।
भरतपुरको बेलचोकबाट बाह्रघरे रोडतर्फ करिब २०० मिटरको दूरीमा उक्त चार्जिङ स्टेसन अवस्थित छ। एउटै स्थानमा चार्जिङ, क्याफे, लाउन्ज र कार वासको सुविधा उपलब्ध गराउने अवधारणासहित सञ्चालनमा ल्याईएको यस केन्द्रले चितवनमा बढ्दो विद्युतीय सवारीसाधन प्रयोगलाई थप सहज बनाउन सहयोग पुग्ने अपेक्षा आफूहरुले गरेको पुडासैनीले बताउनुभयो ।
सवारी नहुने सेवागा्राहीले पनि आरामदायी तरिकाले क्याफेमा बसेर विभिन्न शाकाहारी खाना खान र कफि पिउन सक्ने उहाँले बताउनुभयो । स्थानीय सिर्जना अर्यालले विदेशको समेत अनुभव लिएका व्यक्तिबाट थालिएको यस्तो व्यवसाय सफल हुने बताउनुभयो । मुख्य बजार क्षेत्रमा पार्किङको समस्या हुने भन्दै उहाँले भित्री सडकहरुमा ग्राहक बढी आउने अपेक्षा व्यक्त गर्नुभयो । पछिल्लो समय शाकाहारी संस्कार बढ्दै गएको भन्दै उहाँले शाकाहारी भोजनालयहरु सबैको व्यापार राम्रो भएको पनि बताउनुभयो ।