सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर आँखा अस्पताललाई लायन्स क्लब इन्टरनेशनल फाउण्डेशनले दियो उपकरण


  •    /२४ जेष्ठ २०७६, शुक्रबार १९:३८ 
  • चितवन । लायन्स क्लब इन्टरनेशनल फाउण्डेशनले यहाँको  भरतपुर आँखा अस्पताललाई दुई महत्वपूर्ण उपकरण हस्तान्तरण गरेको छ । नेपाल नेत्रज्योति सङ्घले शुक्रबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा ती उपकरण हस्तान्तरण गरिएको हो ।

    फाउण्डेशनका तर्फबाट यस परियोजनाका प्राविधिक सल्लाहकार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स)का उपकुलपति प्राडा देवनारायण शाह र परियोजनाका अध्यक्ष प्रा जयहरिराज पाण्डेले सङ्घका सभापति एवं अस्पतालका अध्यक्ष कृष्णराज धरेललाई ती उपकरण हस्तान्तरण गर्नुभएको हो ।

    सो अवसरमा आँखाको रेटीनाको शल्यक्रिया गर्दा प्रयोग हुने अप्रेटिङ माइक्रोस्कोप र भिट्रेक टोमी हस्तान्तरण गरिएको हो । कार्यक्रममा दिइएको जानकारीअनुसार माइक्रोस्कोप रु ८२ लाख र भिटे«क टोमी रु ६९ लाखमा खरिद गरिएको हो । दुवै उपकरणका लागि लायन्स क्लबले ७५ प्रतिशत सहयोग गरेको छ भने बाँकी खर्च आँखा अस्पतालले जुटाएको हो ।

    अस्पतालका पूर्वअध्यक्ष एवम् नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय कोषाध्यक्ष चिजकुमार मास्केका अनुसार लायन्स क्लब इन्टरनेशनलको सहयोगमा आँखाको क्षमता परीक्षण गर्ने अप्टिकल बायोमेट्री र आँखाको सिटिस्क्यान गर्ने ओसीटी उपकरण खरिद गरिँदैछ । ती दुई उपकरण खरिद गर्न रु २ करोड २५ लाख लाग्नेछ । जसका लागि लायन्सले रु ८० लाख हाराहारी बेहोर्ने जनाएको छ । अन्य रकम जुटाएर ती उपकरण भित्र्याइने मास्केले जानकारी दिनुभयो । अस्पतालले हरेक वर्ष दुई लाखभन्दा बढी बिरामीको उपचार गर्ने गरेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
    दसैँमा पनि सौराहा सुनसान, आन्तरिक पर्यटकको आगमन कमजोर
    आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    • बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    • ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.