सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

डिडिसीको बिक्री कक्ष भरतपुरमा


  •    न्युजभित्तो/२३ कार्तिक २०८३, आईतवार १७:३१ 
  • चितवन, २२ कात्तिक ।  भरतपुरको विशाल चोकमा  दुग्ध विकास संस्थान (डिडिसी) को बिक्री कक्ष सञ्चालनमा आएको छ ।  संस्थानका महाप्रबन्धक डा शरणकुमार पाण्डे र भरतपुर महानगरपालिका–११ का वडाअध्यक्ष कमलबहादुर मल्लले संयुक्त रुपमा शुभारम्भ गर्नुभएको हो ।

    बिक्री कक्षमा संस्थाको मात्रै उत्पादन बिक्री हुने छ । दूध, दही, घीउ, पनिर, चिजलगायतका २० परिकार उपलब्ध रहेको प्रसिद्ध दुग्धजन्य पदार्थ तथा जनरल स्टोर्सका सञ्चालक प्रदीप पण्डितले बताउनुभयो । नागरिकको सुविधा र गुणस्तरका लागि बिक्री कक्ष सुरु गरेको उहाँले बताउनुभयो संस्थान सरकारको पूर्ण स्वामित्वमा रहेको एक सार्वजनिक संस्थान हो । यसले ग्रामीण क्षेत्रका किसानहरूबाट दूध सङ्कलन गरी विभिन्न दुग्धजन्य उत्पादनहरू तयार पार्छ र सहरी क्षेत्रका उपभोक्ताहरूलाई आपूर्ति गर्दछ ।

    संस्थानका महाप्रबन्धक पाण्डेले चितवनका विभिन्न क्षेत्रमा गरी संस्थानको मात्र उत्पादन बिक्री गर्ने १० वटा बिक्री कक्ष तीन महिना भित्रमा सञ्चालनमा ल्याउने बताउनुभयो । जिल्लाको भरतपुर, सौराहा, रत्ननगर, पश्चिम चितवन र माडीमा कक्ष सञ्चालनमा ल्याइने उहाँले जानकारी दिनुभयो । डिडिसीको उत्पादन मात्र बिक्री हुने कक्ष देशभरमा हालसम्म ३५ छन् ।

    हाल काठमाडौँको बालाजु, हेटौँडा, विराटनगर, बुटवल, नेपालगञ्ज र धनगढीमा संस्थाको दुग्ध प्रशोधन उद्योग छ । निकट भविष्यमा पोखरामा उद्योग सञ्चालन गर्ने तयारी गरिएको छ । हाल संस्थानले दैनिक ३५ हजार लिटर दूध सङ्कलन गरी प्रशोधन गरेर बजार पठाउने गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    डिडिसीको बिक्री कक्ष भरतपुरमा
    भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती
    • यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    • तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    • प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.