चितवन सेरोफेरो
धादिङ । पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–१ खयरघारीमा आज बिहान यात्रुबाहक बससँग ठोक्किएर माइक्रो खोलामा खस्दा १२ घाइते भएका छन् । चितवनबाट काठमाडौँ जाँदै गरेको बा ५ ख २१५१ नम्बरको माइक्रो विपरीत दिशाबाट आउँदै गरेको लु २ ख २१३४ नम्बरको...
चितवन । देवानी तथा फौज्दारी संहिता लागू भएसँगै सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउने पुरुषको संख्या बढेको छ । चितवन जिल्ला अदालतमा गत आर्थिक वर्षमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्नेमा महिलाभन्दा पुरुषको संख्या धेरै देखिएको हो । यसले समाजमा सामाजिक विखण्डन बढेर जान सक्ने...
चितवन । भरतपुर महानगरपालिकाभित्र एक वडा एक रङ गरिने भएको छ । महानगरपालिकाभित्र रहेका २९ वडामा रङको चयन गरी सबै घरमा सोहीअनुरुप रङरोगन गरिने नीतिगत व्यवस्था गर्न लागिएको हो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीका अनुसार यसै आर्थिक वर्षबाट निर्माण...
चितवन । नारायणी नदीमा क्रुजसिप (मनी पानीजहाज) सञ्चालन गर्ने तयारी गरिएको छ । दुई सय जना पर्यटक राखेर घुमाउने लक्ष्यका साथ क्रुज सञ्चालन गर्न लागिएको हो । क्रुज संचालन गर्ने राइनो वाटर इन्टरटेन्मेन्ट प्रालीले शनिबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी...
चितवन । वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरका सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा विद्यार्थीहरुले आगजनी र तोडफोड गरेका छन् । क्याम्पस प्रमुख गोविन्द सापकोटाका अनुसार आगजनीबाट सहायक क्याम्पस प्रमुखहरु बस्दै आएको कुर्सी, र टेबुल पूर्णरुपमा नष्ट हुनाका साथै कोठामा रहेका दराज, झ्यालका...
मुग्लिन । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले दुहुना भैँसी पाल्ने किसानलाई रु एक लाख अनुदान वितरण गरेको छ । बिहीबार एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले तीन दुहुना भैँसी पाल्ने आठ कृषकलाई जनही रु एक लाखको चेक हस्तान्तरण...
चितवन । सन् २०१९ को छ महीनामा चितवन जिल्लामा ५४ नयाँ एचआइभी सङ्क्रमित भेटिएका छन् । जिल्लाको विभिन्न स्थानमा गरिएको सात हजार ८०१ जनाको रगत परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । योसँगै जिल्लामा अहिले एक हजार ७६४...
नारायण अधिकारी/रासस चितवन । आर्थिक वर्षको मसान्तमा हतारमा काम सम्पन्न गरेर बजेट निकासा गर्ने पुरानो प्रचलन परिवर्तन हुन सकेको छैन । गुणस्तरीय कामको सट्टामा हतारमा काम चलाउ गरेर बजेट निकासा लिने प्रचलन कायमै रहेको देखिएको छ । चितवन जिल्लामा...
चितवन । गत आर्थिक वर्षमा चितवनमा सवारी दुर्घटनाका कारण १४६ ले ज्यान गुमाएका छन् । जिल्लामा भएका २९५ दुर्घटनामा परी उनीहरुको ज्यान गएको हो । अघिल्लो आर्थिक वर्षमा २७१ दुर्घटनामा १३२ को मृत्यु भएको थियो । जिल्ला ट्राफिक प्रहरी...
चितवन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विकासका लागि तीन वटै सरकारका बीचमा सहकार्य हुन आवश्यक रहेको बताउनु भएको छ । सरसफाइ तथा हरियाली प्रवर्धन कार्यक्रमको आज शुभारम्भ गर्नुहुँदै उहाँले भौतिक विकास मात्र नभएर सामाजिक रुपान्तरणलाई पनि...













