सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सिएमसि कलेज परिसरमा पेस्तोल भेटियो : प्रहरी, फसाउन खोजियो : विद्यार्थी


  •    न्युजभित्तो/७ मंसिर २०७६, शनिबार २०:३४ 
  • चितवन । चितवन मेडिकल कलेजको कैलाशनगरस्थित कलेज परिसरमा पेस्तोल भेटिएको प्रहरीले जनाएको छ । तर उक्त घटनालाई विद्यार्थीहरुले फसाउन खोजेको आरोप लगाएका छन् ।

    होस्टलभन्दा बाहिर कलेजको कम्पाउण्डभित्र उत्तरपूर्वी कर्नरमा भएको टेबुलटेनिक कोर्ट नजिक बेवारिसे अवस्थामा शनिबार दिउँसो पेस्तोल भटिएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी एकनारायण कोईरालाले बताउनुभयो । उहाँका अनुसार मेडईन युएसए लेखिएको नम्बर १११७ को पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली बरामद गरिएको छ ।

    प्रहरीले हतियार बरामद गरेको बताईरहँदा विद्यार्थीहरुले भने फसाउने प्रपञ्च भनेका छन् । नाम गोप्य राख्ने शर्तमा एक विद्यार्थीले भने “हतियार भेटिएको भन्नु भोलि (आईतबार) को आन्दोलन विथोल्न र विद्यार्थीलाई आन्दोलनबाट अन्यत्र मोड्ने गरिएको प्रपञ्च हो ।” विद्यार्थीलाई फसाएर आन्दोलन तुहाउन कलेज प्रशासन र प्रहरी प्रशासन लागेको उनको आरोप छ ।

    चितवन मेडिकल कलेजका विद्यार्थीले विगत चार महिनादेखि आन्दोलनमा उत्रिएका छन् । कलेजले असुल गरेको अवैध शुल्क फिर्ताको माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । आईतबार विद्यार्थीहरुले भरतपुरमा बृहत प्रदर्शन गर्ने तयारी गरेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.