सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

किसानको गोठमा पुगेन अनुदानको सूचना


  •    न्युजभित्तो/१२ मंसिर २०७६, बिहीबार १८:४० 
  • हेटौंडा । कृषिजन्य उत्पादन वृद्धिका लागि सरकारले किसानलाई अनुदानको व्यवस्था गरेको भए पनि उक्त सूचना आफूहरुसम्म नआएको कृषकको गुनासो छ । मकवानपुरको मनहरि गाउँपालिका, जहाँ अत्यधिक तरकारी उत्पादन हुन्छ, त्यहाँ यो सूचना पुगेको छैन ।

    सो गाउँपालिका–६ सुनाचुरीमा तरकारीखेती गर्दै आउनुभएका कृषक शम्भु श्रेष्ठले पालिकाको सूचना आफूसम्म पुग्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी खेतीबाटै गुजारा गर्ने मान्छे बिहानदेखि साँझसम्म खेतबारी र गोठमै हुन्छौं, सूचना पालिकामै हुन्छ, पालिका जाने फुर्सद हुदैन थाहा हुँदासम्म ढिलो भइसक्छ पाइँदैन ।” उहाँले थप्नुभयो, “अव थाहा पाए पनि पाउनको लागि कागजपत्र मिलाउनपर्छ अरे दशथरीका कागजपत्र मिलाउन हामी नपढेकालाई गाह्रो छ नि ।”

    सरकारले व्यक्तिलाई भन्दा पनि समूहलाई प्राथमिकता दिने गरेकाले किसानलाई समूहमा बस्न अनिवार्य गरेसँगै कृषक समूह बनाएर सामूहिकतामा काम गर्न थालेको सुनाचुरी एकीकृत कृषक समूहका अध्यक्ष शिवलाल मुक्तानले बताउनुभयो । उहाँका अनुसार यसले कृषि क्षेत्रमा सामूहिकताको भावना तथा व्यावसायिक कृषितर्फ आकर्षित गर्नुका साथै अभावमा पनि सहयोग पाइने गरेको बताउनुभयो । यद्यपि त्यस्ता समूहलाई पर्याप्त सूचना नहुँदा समूहमा काम गरेको र अनुभवको अभावमा घाटा व्यहोर्नु परेको किसान भने सरकारको योजना भन्दा बाहिर हुनुपरेको उहाँको भनाइ छ ।

    सरकारले दिने अनुदान समूहमा पाइन्छ भन्नेबारे थाहा भएको र बाँकी कारोबारको सहजताका लागि पनि अहिले कृषक समूहमा बस्न थालेको समूहकी कोषाध्यक्ष सपना खतिवडाले बताउनुभयो । उहाँ भन्नुहुन्छ,“अब खेतीपातीबाटै जीवन धान्ने खेतबारीमै व्यस्त हुन्छन्, आगाउँपालिकाका उपाध्यक्ष मनिला विष्टले सूचना नपुगेका गाउँमा चाँडै सूचना लग्न बजेट र कार्यक्रम तय गरिएको बताउनुभयो ।जभोलि यसो कामतिर लगामनत भन्दा पनि गाउँमा मान्छे पाइन्न अनि पालिकाको सूचना हेर्ने फुर्सद कस्को हुनु, तेहीँभएर पनि किसानसम्म अनुदान नपुगेको हो के ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.