भरतपुरमा राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी हुने
न्युजभित्तो/४ मंसिर २०७६, बुधबार १७:१२
भरतपुर । “कृषिको रुपान्तरण, कृषिमा यान्त्रीकरण” भन्ने मूल नाराका चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६ चितवनको भरतपुरमा हुने भएको छ । मङ्सिर ६ गतेदेखि ९ गतेसम्म भरतपुरका चितवन एक्स्पोमा प्रदर्शनी हुने भएको हो ।
बुधबार भरतपुरमाँ पत्रकार सम्मेलनको आयोजना गरी प्रदर्शनीको तयारीबारे जानकारी दिईएको छ । एकै थलोमा कृषि सम्बन्धी आधुनिक प्रविधि, विभिन्न कृषि औजार, उपकरण, यन्त्रहरु तथा सेवाहरुका बारेमा कृषकलाई जानकारी गराउने उद्देश्यका साथ प्रदर्शन गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
कृषि तथा पशुपन्छी मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्दन केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, प्रदेश नम्वर ३ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, नेपाल कृषि मेशिनरी व्यवसायी संघको संयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको हो । प्रदर्शनीमा स्वदेशी र विदेशी गरी एक सयभन्दा बढी स्टलहरु रहने छन् ।
नेपाल कृषि मेशिनरी व्यवसायी संघका महासचिव कृष्ण शर्माले २० भन्दा बी देशका दुई हजार भन्दा बढी कृषि यन्त्र, औजार, उपकरण तथा प्रविधिहरुलाई प्रदर्शनीमा राखिने बताउनुभयो । प्रदर्शनीको देशभरबाट आउने ३५ हजार भन्दा बढी कृषकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । १० करोड रुपैयाँभन्दा बढीको कारोवार हुने अनुमान गरिएको प्रदर्शनीमा कृषक, नीतिनिर्माता, उद्यमी, व्यवसायी, सरकारी एवं गैह्र सरकारी संस्था, कृषक समूह, कृषि सहरकारी संस्था, वैज्ञानिक, शिक्षक, विद्यार्थीहरुले अवलोकन गर्ने आयोजकले जानएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रतिनिधि जगन्नाथ तिवारीले आयआर्जनका क्रममा युवाहरुलाई सहभागी गराउनका लागि हरेक वर्ष कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । २०७० सालमा नारायणी नदी किनारबाट सुरु गरिएको प्रदर्शनी दोस्रो पटक २०७२ सालमा बाँके र तेस्रो प्रदर्शनी २०७४ सालमा धरानमा प्रदर्शनी गरिएको थियो ।
कार्यक्रमको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रदर्शनीबाट नविनतम प्रविधि कृषकसम्म पुग्ने अपेक्षा गरिएको छ ।